सधैं देशका युवाहरूकै परदेशमा लास हुन्छन्
थाहा छ यो देशभित्र सहकारी खास हुन्छन्, देश जोगाउँन पठाएका उनैका दाश हुन्छन्। नियम कानुन बनाएर मात्र कहाँ पुग्छ जनता, आज धनको बलमा ति सबै वाईपास हुन्छन्। खोला सुके बगर बिके डाँडा खुल्किए देशमा, याहाँ दलाल छँदासम्म समस्याकै रास हुन्छन्। देशको मायाँ त छ तर राजनीति बुझ्न नसक्दा, दुष्ट मित्र छुट्टाउँन नसक्दा सपना नाश हुन्छन्। […]