शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • हेलिकप्टर दुर्घटना अपडेट : शव ल्याउन कठिनाई

हेलिकप्टर दुर्घटना अपडेट : शव ल्याउन कठिनाई

  • बुधबार, फाल्गुन १५, २०७५
हेलिकप्टर दुर्घटना अपडेट : शव ल्याउन कठिनाई

ताप्लेजुङ – दुर्घटनामा परेको हेलिकप्टरमा सवार पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाईने भएको छ।

घटनास्थल अप्ठेरो भीर रहेकोले शव संकलन गरी सुकेटार एयरर्पोटबाट काठमाडौं पठाउने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। उद्धारका लागि यहाँ एमआई सेभेन्टिनका २ तथा अन्य दुई साना हेलिकप्टर ताप्लेजुङमा रहेका छन्। प्रजिअ भण्डारीले साे हेलिकोप्टरबाट लिफ्टिङ गरी शव निकाल्ने पहिलो प्रयास गर्ने र त्यो सम्भव नभए मानवीय प्रयासबाट शवलाई अलि सजिलो स्थान सम्म ल्याएर सुकेटारसम्म ल्याई काठमाडौं पठाउने विकल्प अघि सारिएको बताए।

अप्ठेरो भीर रहेको र मानिस समेत सहज ढंगले आवत जावत गर्न सक्ने अवस्था नरहेकोले समस्या आएको उनले बताए। पानी परिरहेको र कुहिरोसमेत लागिरहेकाेले समस्या अाएकाे उनले जानकारी दिए। पाथीभरा मन्दिरको पश्चिम-उत्तर दिशाको सिस्ने खोलाको शिर आसपासमा जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा परी पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एयर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा,नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुवदास बेक्षीबिया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र चालक प्रभाकर केसीको ज्यान गएको छ।

नागिरक दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार