शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • सिंचाई अभावले ७० वर्षदेखि जमिन बाँझै

सिंचाई अभावले ७० वर्षदेखि जमिन बाँझै

  • शनिबार, फाल्गुन ४, २०७५
सिंचाई अभावले ७० वर्षदेखि जमिन बाँझै

जिल्लाको खाँडाचक्र नगरपालिका–६ को माथिल्लो सेरवाडामा सिंचाईको अभावमा करिब १ हजार हेक्टर जमिन बाँझै रहेको छ । सिंचाईको सुबिधा ७० वर्षदेखि जमिन बाँझै रहेको हो ।

सिंचाई सुविधा हुदाँ राम्रो अन्नबाली उव्जाउ भइरहेको जमिनमा खानेपानीको समेत अभाव हसँदै गएपछि त्यहाँका स्थानीय बसाईसरेर गएका छन् । खाँडाचक्र नगरपालिका ६ का स्थानीय मनसिंह शाहीका अनुसार बाँझो रहेको जमिन करिब एक सय जनाको नाममा रहेको छ ।

सिंचाई नहुँदा बस्ती स्थानतरण
७० वर्ष अघि सिंचाई सुविधा र खानेपानीको सुविधा हुँदा बाक्लो बस्ती रहेको माथिल्लो सेराबाडामा हाल घरका भित्ताहरु मात्र भग्नावशेष अवस्थामा रहेको छ ।

खाँडाचक्र नगरपालिका ६ का वडा अध्यक्ष जगदिश शाहीका अनुसार बिगतमा ठुलो बस्ती रहेको ठाउँमा खानेपानी र सिंचाईको अभावका कारण  बस्ती अन्यत्र बसाईसरेको हो । सिंचाई सुविधा भएमा मलिलो माटो भएको उक्त ठाउँबाट राम्रो उव्जाउ गर्न सकिने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार