शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • सशस्त्र प्रहरी बल बाजुराद्धारा आगलागी सम्वन्धी कृत्रिम अभ्यास सञ्चालन

सशस्त्र प्रहरी बल बाजुराद्धारा आगलागी सम्वन्धी कृत्रिम अभ्यास सञ्चालन

  • शनिबार, बैशाख ८, २०८१
सशस्त्र प्रहरी बल बाजुराद्धारा आगलागी सम्वन्धी कृत्रिम अभ्यास सञ्चालन

बाजुरा–सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराले आगलागी सम्वन्धी कृत्रिम अभ्यास सञ्चालन गरेको छ । शुक्रवार सदरमुकाम मार्तडी स्थित बाजुरा क्याम्पसमा आगलागी सम्वन्धी जनचेतनामूलक कार्यक्रम तथा कृत्रिम अभ्यास सञ्चालन गरेको हो ।

उक्त जनचेतनामूलक कार्यक्रममा विपद् अन्र्तगत आगलागीका कारण, यसबाट जोगिन अपनाउनुपर्ने पूर्व सावधानी, यसबाट बच्ने सुरक्षात्मक उपाय लगायतका विषयमा जानकारी गराइएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराका प्रहरी नायव उपरीक्षक शंकरदत्त तवारीले बताएका छन् । त्यस्तै आगलागीसँगै खाना पकाउन प्रयोग गरिने ग्याँस सिलीण्डरमा आगो कसरी निभाउने भन्ने बारेमा कृत्रिम अभ्यास समेत प्रर्दशन गरिएको नायव उपरीक्षक तिवारीले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेना, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलीप गिरी, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराका प्रहरी नायव उपरीक्षक शंकरदत्त तिवारी, बाजुरा क्याम्पस प्रमुख रुप बहादुर रौले, शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका निमित्त प्रमुख गोपाल पाण्डे, बाजुरा क्याम्पसका विद्याथी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार