धनगढी बेस बनाएर उडान हुने खबरले सुदूर पहाडमा उत्साह
धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा समेत हवाई सेवा सञ्चालन हुने खबरले उत्साह बढेको छ। बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको हो। अहिले धनगढी–बाजुरा चार्टड उडान भईरहेको बताउँदै धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले भने, ‘बैतडी, डोटी र बझाङ जिल्लामा पनि विमानस्थलको निर्माण सकिएको छ। […]