शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बच्चा सँगै जनसेवामा समर्पित यि महिला प्रहरी आमाहरु

बच्चा सँगै जनसेवामा समर्पित यि महिला प्रहरी आमाहरु

महिला प्रहरीको जिम्मेवारी देशको सुरक्षा र पारिवारिक संरक्षण

  • आइतवार, अशोज ४, २०७७
बच्चा सँगै जनसेवामा समर्पित यि महिला प्रहरी आमाहरु

बाजुरा–भुबनेश्वरी धामि जिल्ला प्रहरी कार्यलय बाजुरामा कार्यरत महिला प्रहरी जवान हुन् । उनले छोरी जन्माएको २ बर्ष भयो । अहिले उनि २ बर्षकी छोरी सहित नियमित डिउटीमा खटिने गरेकी छन् । एकातिर छोरीको हेरचाह तथा स्याहार्दै छन्, भने अर्कोतिर दैनिक डिउटि गरिहेकी छन् । सुत्केरी बिदा ९८ दिन सकिएपछि उनले छोरी बोकेर जनताको सेवा दिइरहेकी छन् ।
बच्चा सँगै डिउटि गर्न अलि ग्राहो भएनि उनि एकातिर देशको सुरक्षा गरिहेकि छन्, भने अर्कोतिर छोरीको संरक्षण गर्दा सन्तुष्टि छन् । सँगै बच्चा खेलाउछु, स्तनपान गराउछु, अर्कोतिर नियमित डिउटि गरीरहेको भुबनेश्वरी बताँउछन् । एकातिर जनताको सेवा सँगै डिउटि अर्को तिर छोरी हेर्नुपर्ने बाध्यता छ उनले थपिन् ।


भुबनेश्वरीको घर डोटि हो, उनका श्रीमान नेपाली सेनामा जागिरे छन् । घरमा छोडौ अर्को जिल्ला परयो, कोठामा अरु कोही छैन्, कि कोहि राख्नु परयो नभए त बाध्यताले सुरक्षा र संरक्षण गर्नु परेको उनले वताईन् । नेपाल प्रहरीमा महिलालाई सुत्केरी बिदा ९८ दिन र ६ महिना बेतलबि बिदा पाँउने ब्यबस्था रहेको छ ।
भुबनेश्वरी जस्तै जिल्ला प्रहरी कार्यलयमा अन्य ३ जना महिला प्रहरीका साना बच्चाहरु रहेका छन् । कमला रावल, लक्ष्मि बिष्ट र भागरति बिष्टको समस्या पनि भुबनेश्वरीको जस्तै रहेको छ । उनिहरुले देशको सुरक्षा र बच्चाहरुको संरक्षण गरिरहेकी छन् । बच्चाको स्याहार गर्नै परयो, अर्कोतिर डिउटी पनि गर्नु परेको छ, तर पनि काममा सन्तुष्टि रहेको महिला प्रहरीले वताएकि छन् ।


जिल्ला प्रहरी कार्यलय बाजुराका सुचना अधिकारी तथा प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले भने बच्चा भएको ४ जना महिला प्रहरीलाइ दैनिक ४ घण्टा मात्र डिउटि खटाउने गरेको वताए । उनिहरुको समस्यालाई मध्येनजर गर्दै गेट डिउटि दिउसोमा मात्र राख्ने गरेको वताए । अन्य महिला प्रहरीले दैनिक ८ घण्टा डिउटी गर्नुपर्ने हुन्छ, बच्चा भएको महिला प्रहरीलाई डिउटि समय कम गरेको वताए । उनिहरुको पनि बाध्यता हो, बच्चा पनि हेर्नु परयो जागिर पनि गर्नुपर्ने रहेको निरक्षकले वताए ।
महिलाहरु दोहोरो कामको बोझमा हुन्छन् । जसले महिलाको विकास तथा सशक्तीकरणमा प्रत्यक्ष प्रभाव पारेको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणि शाहले वताईन्  । धेरै काम र समय अभावका कारण महिला पढ्ने समय निकाल्न नसक्ने, पढाइ पुरा गर्न नसक्ने, क्षमता वृद्धिका तालिम तथा प्रशिक्षणमा सहभागी हुन नसक्ने, आर्थिक आम्दानी हुने कामको अवसर गुमाउनुपर्ने, अनौपचारिक क्षेत्रका झन्झटिला र खतरायुक्त काम गर्नुपर्ने आदि चुनौतीबाट महिलाहरु गुज्रिरहेको उनले थपिन् ।


महिलालाई राष्ट्र निर्माणको मूलधारमा समान सहभागिता गराउन राज्यले महिला माथिको कामको बोझ घटाउन आधारभूत पूर्वाधार विकास निर्माण गर्न जरुरी देखिन्छ । पानी, ऊर्जा, ढल, बाटो आदि सरकारी सेवा–सुविधाको उपलब्धताका साथै शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अशक्त सेवा केन्द्र सञ्चालन गरेर र लुगा धुने, भाँडा धुने, भान्सामा प्रयोग हुने समय अनुकूलका प्रविधि उपलब्ध गराएर महिलाको कामको बोझ घटाउन सकिन्छ तर राज्य यसप्रति उदासिन भएको महिला अधिकारकर्मीले वताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार