आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • राजनीति
  • पर्यटन मन्त्री पाण्डेलाई ज्ञानेन्द्र शाहीले भने, कोल्टीदेखी काठमाडौं हवाई उडान गरीदिनुहोस्

पर्यटन मन्त्री पाण्डेलाई ज्ञानेन्द्र शाहीले भने, कोल्टीदेखी काठमाडौं हवाई उडान गरीदिनुहोस्

  • सोमवार, मंसिर ३, २०८१
पर्यटन मन्त्री पाण्डेलाई  ज्ञानेन्द्र शाहीले भने, कोल्टीदेखी काठमाडौं हवाई उडान गरीदिनुहोस्

बाजुरा– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले बाजुरा पुगेर पर्यटन मन्त्री बद्री पाण्डेलाई हप्तामा एक पटक कोल्टी- काठमाडौं हवाई उडान गरिदिन आग्रह गरेका छन् । सोमवार राप्रपाको सुदूरपश्चिम प्रदेश यात्रा अभियानका क्रममा बाजुराको कोल्टीमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै नेता शाहीले बाजुराका समस्या र विकासका बारेमा पर्यटन मन्त्री पाण्डेको ध्यानाकर्षण समेत गराएका छन् । त्यस्तै बाजुरा जिल्लाबाट प्रत्यक्ष निर्वाचित मन्त्री पाण्डेलाई जिल्लाका समस्या समाधान तथा विकासका लागि गम्भिर भइदिन पनि नेता शाहीले आग्रह गरेका छन् ।
त्यस्तै नेता शाहीले मार्तडी कोल्टी सडकको यात्राले जनतालाई सास्ती भइरहेको भन्दै तत्काल सडकको मर्मत सम्भार हुनुपर्ने र आफू पनि यस विषयमा मन्त्री पाण्डेलाई भेटेरै सुनाउने वाचा गरेका छन् । उनले बुढीनन्दा नगरपालिकाका जनताका लागि निःशुल्क एम्बुलेन्स सेवा गर्न नगरपालिकालाई आग्रह समेत गरेका छन् ।
त्यस्तै शाहीले भने, “कोल्टीमा जैतुन र कपास खेति हुनुपर्छ, यो आवाज म संसदमा पनि उठाउने छु, साथै अर्थ र कृषि समितिमा प्रस्ताव लिएर छलफल हुनुपर्छ ।”
त्यसै गरी बृहत आमसभामा बोल्दै नेता शाहीले यो ठाउँको परिवर्तनका लागि आगामी चुनावमा भोट परिवर्तन गर्न आग्रह गर्दै युवाहरुलाई ०८४ चुनावको तयारीमा लाग्न समेत निर्देशन दिएका छन् । त्यस्तै शाहीले प्रदेश संरचना खारेज गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने पार्टीको मुख्य एजेण्डा रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार