शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुरामा निड्स नेपालले ४ लाखको सरसफाइ साम्रगी हस्तान्तरण

जिल्ला अस्पताल बाजुरामा निड्स नेपालले ४ लाखको सरसफाइ साम्रगी हस्तान्तरण

  • शुक्रबार, अशोज २, २०७७
जिल्ला अस्पताल बाजुरामा निड्स नेपालले ४ लाखको सरसफाइ साम्रगी हस्तान्तरण

बाजुरा —  जिल्ला अस्पताल बाजुरामा युनिसेफको सहयोग तथा निड्स नेपाल नामक सस्थाले चार लाख बराबरको स्वास्थ्य साम्रगी हस्तान्तरण गरेको छ । निष्ट नेपाल नामक गैरसरकारी संस्थाले खानेपानी तथा सरसफाई साम्रगी एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।
सुक्रबार एक कार्यक्रमका बिच सो साम्रगी हस्तान्तरण गरेको निष्ठ नेपाल नामक गैर सरकारी संस्थाका प्रतिनिधी गणेश भुलले बताए ।
कोबिट १९ लाई लक्षित गरी जिल्ला अस्पतालमा २४ घण्टा पानीको ब्यबस्थान गरेको र केही स्वास्थ्य साम्रगीहरु  प्रतिनीधी गणेश भुलले जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा र अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापालाई हस्तान्तरण गरिएको जिल्ला अस्पता बाजुराका प्रमुख डाक्टर रुपचन्द बिश्वकर्माले बताए ।
जिल्ला अस्पताल बाजुरालाई धेरै सहयोग गरेकोमा निष्ट नेपाललाई जिल्ला अस्पताल बाजुराका ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले बताए । अस्पताल धेरै जोखीम रहेको र धेरै स्वास्थ्य सुरक्षा साम्रगी उपलब्ध गराएकोमा धन्यबाद दिनुका साथै यसपछिका दिनमा पनी सहयोग गर्न अध्यक्ष थापाले अनुरोध समेत गरेका छन ।
युनिसेफ नेपालले अस्पतालको खानेपानी सुधारमा पनी काम गरेको र खानेपानी ब्यबस्थापनमा राम्रो काम भएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द बिश्वकर्माले बताए । खानेपानी आपुर्तीमा समेत सहज हुनका साथै अस्पतालको सरसफाईमा थप टेवा पुगेको जिल्ला अस्पताल बाजुराका प्रमुख बिश्वकर्माले बताए ।
अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बिश्वकर्मा बडिमालिका नगरपालिका वडा न २ का वडा अध्यक्ष डम्मर महत, डाक्टर रोहीत गिरी अस्पतालल ब्यबस्थापन समितिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा अस्पताल ब्यबस्थापन समिति बाजुराका सदस्य तुला रावल जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बिश्वकर्मा, बडिमालिका नगरपालिका वडा न २ का वडा अध्यक्ष डम्मर महत अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले मन्तब्य समेत दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार