बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल बाजुराका डाक्टर बिश्वकर्मा प्रबल जनसेवा श्री (चथुर्त) द्धारा बिभुषित

जिल्ला अस्पताल बाजुराका डाक्टर बिश्वकर्मा प्रबल जनसेवा श्री (चथुर्त) द्धारा बिभुषित

  • शनिबार, अशोज ३, २०७७
जिल्ला अस्पताल बाजुराका डाक्टर बिश्वकर्मा प्रबल जनसेवा श्री (चथुर्त) द्धारा बिभुषित

बाजुरा जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र बिश्वकर्मा प्रवल जनसेवा श्री (चथुर्त ) द्धारा सम्मानीत भएका छन । मन्त्रिपरिषद् बैठकले संविधान दिवस (असोज ३) का अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै बाजुराबाट जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा पनी बिभुषित भएका हुन ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूणर् योगदान पुर्‍याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको नाम टुङ्गो लगाएको हो ।
गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाका अनुसार संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ । यसपटक कोभिड-१९ महामारीका क्षेत्रमा महत्वपूणर् योगदान पुर्‍याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ४५० जनाभन्दा बढीले मानपदवी पाउने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार