बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपा सचिवालयमा केन्द्रीय सदस्यलाई नियमित ‘पैसा’ दिने प्रस्ताव

नेकपा सचिवालयमा केन्द्रीय सदस्यलाई नियमित ‘पैसा’ दिने प्रस्ताव

  • सोमवार, अशोज ५, २०७७
नेकपा सचिवालयमा केन्द्रीय सदस्यलाई नियमित ‘पैसा’ दिने  प्रस्ताव

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पैसा दिनुपर्ने प्रताव पेश भएको छ।

नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडामा बसेको बैठकमा यस्तो प्रस्ताव पेश भएको हो। केन्द्रीय सदस्यलाई कम्युनिस्ट पार्टीको सिद्धान्त अनुसार पैसा दिने सम्बन्धी प्रस्ताव पेश भएको हो।

पूर्णकालीन कार्यकर्तालाई प्रदेश, जिल्ला वा सोभन्दा तलका कमिटीले आफैं निर्णय गर्ने भए पनि केन्द्रीय सदस्यलाई कसरी आर्थिक सहयोग गर्ने भन्ने विषयमा सचिवालयमा छलफल हुने श्रेष्ठले बताए।

‘केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने बारेमा एजेन्डा राखिएको छ। पूर्णकालिन कार्यकर्तालाई तलदेखि माथिसम्म कुनै न कुनै रुपमा सहयोग गर्ने कुरा पहिला कम्युनिस्ट पार्टीले अभ्यास गर्दै आएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रदेश, जिल्ला वा सो भन्दा तल सम्बन्धित कमिटीले छलफल गर्ने भएकाले सचिवालयले केन्द्रीय कमिटी सदस्यको हकमा के गर्ने भन्ने विषयमा छलफलका लागि कार्यसूची तय गरेको छ।’

श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको छ। नीतिगत छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको प्रवक्ता श्रेष्ठले बताए।

आइतबारको सचिवालय बैठकले पार्टीको स्थायी कमिटीको निष्कर्ष र निर्णय कार्यान्वयन प्रक्रियामा लाने विषयमा छलफल चलाएको श्रेष्ठले बताए। प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को पुनर्गठन केही समयअघि सम्पन्न भएको स्थायी कमिटी निर्णय अनुसार नै हुनेछ।

आइतबारको बैठकमा चार कार्यसूचीमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। पहिलो कार्यसूचीमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको हो। व्यक्तिको नामको विषयमा भने अझ आवश्यक परे प्रधानमन्त्रीसँग छलफल हुने श्रेष्ठले बताए। मन्त्रीपरिषद् पुनर्गठनका विषयमा सचिवालय सदस्यले विभिन्न कोणबाट सुझाव दिएका छन्।
त्यसैगरी बैठकमा पार्टीको सांगठनिक एकीकरणको विषयमासमेत छलफल भएको छ। संगठन विभाग, स्थायी समिति र केन्द्रीय समितिको पदपूर्ति र केही कारबाहीका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। सँगै बैठकमा संवैधानिक नियुक्तिको विषयमासमेत छलफल भएको छ।

नेकपाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। भोलिको बैठकमा थप एजेन्डामाथि छलफल हुनेछ।अन्नपूर्ण पोष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार