बुधबार, बैशाख १२, २०८१

समचार प्रभाब

आर्थिक अभाबमा रोग पाल्दै आएकि रजि तिरुवाको काठमाडौमा उपचार हुदै

  • शनिबार, अशोज ३, २०७७
समचार प्रभाब

बाजुरा–बुढिनन्दा नगरपालिका २ बस्ने ३५ बर्षिय रजि तिरुवाले आर्थिक अभाबमा तिन बर्ष देखी रोग पालिरहेकि थिइ्न । अब भने उनको उपचार हुने भएको छ । आर्थिक अभाबमा रोग पाल्दै गरेको समचार बडिमालिका खबरले बाहिर ल्याइसकेपछि उनको उपचार काठमाडौमा हुने भएको छ ।
रोग पाल्दै गरेको समचार बाहिर आइसकेपछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौमा उपचार गर्ने भएको छ । समचारमा प्रकाशित भएपछि उनलाई काठमाडौमा मगाइसकेको र केही दिनमा उपचार शुरु गर्ने संस्थाका अध्यक्ष अध्यक्ष सम्राट सिं बस्नेतले बडिमालिका खबरलाई बताएका छन् । चिकित्सक सँग सल्लाह गरेर उनको अप्रेशन गर्नु पर्ने अबस्था रहेको छ, दुई महिना जति काठमाडौमा राखेर उपचार गर्ने बस्नेतले वताए ।
काठमाडौ जानको लागि भाडा खर्च नगरपालिकाले २५ हजार केही भन्दा संकलन गरेको रजिका श्रीमान कर्ण मिजारले वताएका छन् । काठमाडौमा उपचार देखि खान बस्न सबै नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले गर्ने भएको छ । उक्क्त संस्थाले बाजुराका धेरैको निशुल्क काठमाडौमा उपचार गरेको छ ।
उनको लामो समय देखी पाठेघर खस्ने समस्या भोग्दै आएपनि पैशा नहुँदा उपचार गर्न नसकेको स्थानिय स्वयमसेविका राधा कार्कीले वताएकि छन् । ५ बटा बच्चा जन्माएकि रजिको तेस्रो सन्तान जन्माउदा देखि समस्या शुरु भएको थियो । तिन बर्ष देखि भने समस्या बल्झिदै आएको रजिले वताईन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा तिन बर्ष पहिला सञ्चालन भएको शिबिरमा चिकित्सकले पाठेघरमा दुई ठाँउमा मासु पलाएको भन्दै अप्रेसन गरेको थियो । केही समय सामान्य सञ्चो भएपनि फेरि उनको समस्या पहिलाकै जस्तो भएको श्रीमान कर्ण तिरुवाले वताएका छन् ।
गत असार महिनामा उनि उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेकि थिईन् । अस्पतालले एक ठाँउमा मासु पलाएको र अर्को ठाँउमा घाउ भएको भन्दै सेति प्रादेशिक अस्पताल रिफर गरेको थियो । चिकित्सले पाठेघर नै फाल्नुपर्ने हो, यहाँ सम्भब नभएको भन्दै धनगढी रिफर गरेको हो ।
अस्पतालले रिफर गरेको भएपनि रजि तिरुवा भने पैशा नभएपछि घर फिर्ता भएकि छन् । उनले भनिन्, मार्तडी सम्म त जेनतेन गरेर गए, धनगढी जानलाई भाडा समेत नभएपछि रोग पालेर घरमै बसिरहेको वताईन् । सेतो पानि बग्छ, कहिलेकाँहि रगत समेत आउने गर्छ, तल्लो पेट दुखिरहन्छ, सामान्य काम समेत गर्न नसकेको वताईन् । १५ बर्षको उमेरमै बिहे गरेकि रजिले १७ बर्षको उमेरमा पहिलो सन्तान जन्माएको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार