शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा जिल्लाबाट ४ जना सम्मानीति

बाजुरा जिल्लाबाट ४ जना सम्मानीति

  • शनिबार, अशोज ३, २०७७
बाजुरा जिल्लाबाट ४ जना सम्मानीति

बाजुरा — बाजुरा जिल्लाबाट यस बर्ष सम्बीधान दिवसको अबसरमा राष्ट्रबबाट पाउने बिभिन्न सम्मानमा बाजुराबाट ४ जना सिफारिस भएकका छन जसमा बुढिनन्दा नगरपालिका उपप्र्रमुख श्रृष्टी रेग्मी प्रवल जनसेेवा श्री चथुर्त जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र बिश्कर्मा प्रबल जनसेवा श्री चतुर्थ जिल्ला हुलाक कार्यालय बाजुराका प्रमुख जगंंबिर सुनार जनसेवा श्री पन्चम र लेखक दयाल बहादुर शाही सुप्र्रवल श्री तृतीय पुरस्कार बाट बिभुसित भएका छन ।
मन्त्रिपरिषद् बैठकले संविधान दिवस (असोज ३) का अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै बाजुराबाट ४ जना सम्मानीत भएका हुन ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूणर् योगदान पुर्‍याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको नाम टुङ्गो लगाएको हो ।
गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाका अनुसार संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ । यसपटक कोभिड-१९ महामारीका क्षेत्रमा महत्वपूणर् योगदान पुर्‍याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ४५० जनाभन्दा बढीले मानपदवी पाउने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार