बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • बुढीनन्दाकी उपमेयर रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानित

बुढीनन्दाकी उपमेयर रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानित

  • शनिबार, अशोज ३, २०७७
बुढीनन्दाकी उपमेयर रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानित

बाजुरा– बुढिनन्दा नगरपालिकाका उपमेयर सृष्टी रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानित भएकी छन् । मन्त्रिपरिषद् बैठक संविधान दिवस (असोज ३) का अवसरमा उनलाई सो पदकबाट सम्मानित हुने भएकी हुन् ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। सरकारले यसवर्ष ५ सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ। रेग्मि संविधान दिवसको अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाका उपप्रमुखका रुपमा कार्यरत रेग्मी पनि बिभुषित भएकी हुन ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको नाम टुङ्गो लगाएको हो ।

गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाका अनुसार संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार