शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • कार्यक्रताकाे सल्लाहपछि सभापतीमा मेरो उम्मेद्धारी हुन्छ : नेता शाही ( भिडियो सहित)

कार्यक्रताकाे सल्लाहपछि सभापतीमा मेरो उम्मेद्धारी हुन्छ : नेता शाही ( भिडियो सहित)

  • शुक्रबार, अशोज २, २०७७
कार्यक्रताकाे सल्लाहपछि सभापतीमा मेरो उम्मेद्धारी हुन्छ : नेता शाही ( भिडियो सहित)

बाजुरा जिल्लामा हुने आशन्न नेपाली काग्रेको अधिबेशनमा आफु पनी सभापतीको उम्मेद्धार रहेको नेपाली काग्रेस नेता पदम शाहीले बताएका छन ।
आउदो अधिबेशनमा सभापतीमा सबैको साझा उम्मेद्धार आफु मात्रै रहेको नेता पदम शाहीले बताएका छन । बडिमालिका खवरको नियमीत कार्यक्रम समसामुहीक अन्तबार्ताका कार्यक्रममा नेता शाहीले यस्तो बताएका हुन ।
बिभिन्न समयमा हार ब्यहोरेका नेता शाहीले आउदो अधिबेशनमा आफुले न्याय पाउने बताएका छन । देबराज जोशी र मान बहादुर रावल संग यस अघिका अधिबेशनमा ४/४ मतले पराजित भए पनी यसपटकको अधिबेशनमा सबै नेता तथा कार्यक्रताहरुले आफुलाई न्याय दिनेमा आफु ढुक्क भएको बताएका छन ।
कहिले कुन पाटी कहिले कुन पाटी हुदा मतदाताले रुचाउछन त भन्ने प्रश्नमा उनले भने सुर्यमा पनी कहिले ग्रहण लाग्छ कहिले चन्द्रमामा पनी ग्रहण लाग्छ तर पनी म आम बाजुराका नेता तथा कार्यक्रताको मन पर्ने नेता भएकोले आफु यस पटकको अधिबेशनमा सभापती हुने बताए । जनताको सेवामा आफु जहिल्यै पनी जहाँपनी लागी पर्ने भएकोले सबैले मलाइनै सहयोग गर्छन नेता शाहीले भने ।
बाजुरामा जती पनी सभापतीको हुने आशा राख्छन तर पनी सबै सभापती हुन नसक्ने र हुन सकिदैन नेता तथा कार्यक्रताले जसलाई स्वीकार गर्छन उही सभापती हुने हो अर्को प्रसंगमा नेता शाहीले भने । यस अघिका बिभिन्न चुनाव हार ब्यहोरेका नेता शाहीले आसन्न चुनावमा जसरी पनी जितीनेमा ढुक्क भएको बताए ।
बिभिन्न समयमा भएको चुनावको हारले पनी आफुलाई धेरै सिकाइ भएकोले अब पार्टी संघ संगठनहरुको सुदृढीकरणमा आफु महत्वपुणर् भुमीकामा रहेको हुने बताएका छन ।

https://www.youtube.com/watch?v=sWCT6CSdM_4

चर्चामा

सम्बन्धित समाचार