बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका ३ जना कैदी संविधान दिवसका अवसरमा जेलमुक्त

बाजुराका ३ जना कैदी संविधान दिवसका अवसरमा जेलमुक्त

  • शनिबार, अशोज ३, २०७७
बाजुराका ३ जना कैदी संविधान दिवसका अवसरमा जेलमुक्त

संविधान दिवसको अवसरमा बाजुरा कारागारमा जेल जिवन बिताइरहेकाे ३ जना कैदीको कैद मिनाह भएको छ। कर्तव्य ज्यान मुद्दाका दुई जना र ज्यान मार्ने उद्योगका एक जना गरी ३ जनाकाे कैद मिनाहा भएकाे छ ।

सुदुर पश्चमिका बाजुरा लगायत अन्य जिल्लाका गरि १४ जनाकाे कैद मिनाहा भएकाे जनाएकाे छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहंले दिएकाे जानकारी अनुसार डडेल्धुराका पाँच जना, कैलालीका तीन जना, बाजुराका तीन जना, बझाङ, दार्चुला र कञ्चनपुरका एक/एक जनाको कैद माफी भएको बताएका छन।

 कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना र सवारी ज्यान मुद्दा दुई जना, बझाङमा कर्तव्य ज्यान मुद्दाका एकजना, दार्चुलामा पनि कर्तव्य ज्यान मुद्दाका एक जना र कञ्चपुरमा समेत कर्तव्य ज्यान मुद्दाकै एक जना रहेको वरिष्ठ प्रहरी नायब उपरिक्षक सिहंले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा दफा १५९ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका सुदुरपश्चिम प्रदेशका  १४ जनाको कैद र जरिवाना समेत माफी पाएका हुन्। कैद माफी भएका उनीहरु सबै जना आजै जेलमुक्त हुने प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार