बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा पहिलो पटक ४ जनालाई स्क्रब टाईफस रोग देखियो

बाजुरामा पहिलो पटक ४ जनालाई स्क्रब टाईफस रोग देखियो

सबैलाई सचेत रहन स्वास्थ्य कार्यलय बाजुराकाे आग्रह

  • आइतवार, अशोज ४, २०७७
बाजुरामा पहिलो पटक ४ जनालाई स्क्रब टाईफस रोग देखियो
फाइल फाेटाे

बाजुरा– बाजुरामा पहिलो पटक ४ जनामा स्क्रब टाईफस रोग देखा परेको छ । ३ जनालाई जिल्ला अस्पताल बाजुरामा र १ जनालाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा स्क्रब टाईफस रोग देखा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
बडिमालिका नगरपालिका ३ जनामा जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा चेक जाँच गर्दा भेटिएको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । तिनै जनाको अस्पतालमा उपचार भएर केही सुधार भएपछि घर पठाएको बिश्वकर्माले वताएका छन् । यो सरुवा रोग भएकाले बिरामीको सम्पर्कमा आएकाको पनि चेक जाँच गरिनु पर्ने रहेको अस्पतालले जनाएको छ । स्क्रब टाइफस वा बुस टाइफस (bush typhus) रोग ‘ओरेन्सिया सुसुगमुसी’ (Orentia tsutsugamushi) नामक परजीवी को संक्रमणले लाग्ने रोग हो। यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा) ले सार्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको र्‍यालमा भएको खतरनाक जीवाणु रगतमा फैलिन्छ।
मुसा चरा आदिमा हुने एक किसिमको किर्नाको टोकाइ बाट सर्ने रोग भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख पन्तले वताएका छन् । बाजुरामा ४ जना देखा परेपछि समुदायमा जाँच गर्नुपर्ने हुन्छ किटको अभाब रहेको पन्तले वताएका छन् । समयमै नियन्त्रण गर्न नसकेमा धेरै फैलिने सम्भाबना हुन्छ, समुदाय स्तरमा पनि अनिवार्य जाँच गर्नुपर्ने रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
१ सय ४ डिग्री भन्दा बढि ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने, किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिने, कालो दाग बस्ने यस रोगका मुख्य लक्षण भएका चिकित्सकले बताएका छन । समयै उपचार नभएमा कलेजो र फियो बढने कडा खालको स्वास प्रस्वास समस्या दम बढ्नु, सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
स्क्रब टाईफस बाट बच्नका लागि खेतीवारीमा काम गर्दा, वन जगंल झाडीमा जादा तथा घास काट्न जादाँ पुरा शरिर ढाकीने कपडा लगाउने संम्भव भए बुट लगाउने स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । घरवरपरको सरसफाइमा ध्यान र व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिनुपर्ने रहेको छ । त्यस्तै सूक्ष्म जीवहरू (माइट) जस्तै सुलसुले, उपियाँ, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने चिकित्सकले आग्रह गरेका छन् ।
कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको चिकित्सकको भनाइ छ । उनीहरूका अनुसार घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सिधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पन्जा लगाउनु पर्छ ।

चर्चामा

सम्बन्धित समाचार