बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • युवा संघ र अनेरास्ववियुले दिप प्रज्वलन गरी संबिधान दिवस मनायाे

युवा संघ र अनेरास्ववियुले दिप प्रज्वलन गरी संबिधान दिवस मनायाे

  • शनिबार, अशोज ३, २०७७
युवा संघ र अनेरास्ववियुले दिप प्रज्वलन गरी संबिधान दिवस मनायाे

 नेपालको संविधान जारी भएको छैटाै वर्षको अवसरमा शनिबार सांझ अनेरास्ववियु र युवा सघं बाजुराले  दीप प्रज्वलन गरि संबिधान दिवस मनाएकाे छ
राष्ट्रिय युवा संघ नेपाल बाजुरा र अनेरास्ववियू बाजुराले जनताका जनप्रतिनिधि द्वारा पारित नेपालको ऐतिहासिक संविधान २०७२ को अवसरमा बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थित लोकतान्त्रिक चोकमा संविधान दिवस मनाई दिप प्रज्वलन कार्यक्रम गरेकाे युवा संघ बाजुराका संयाेजक सन्ताेष बिकले बताएका छन । कार्यक्रममा नेकपाका नेता सचिव भरत बुढाले दिप प्रज्वलन गरेकाे संयाेजक बिकले बताए ।

Image may contain: 1 person

दिप प्रज्वलन कार्यक्रममा कार्यालय सदस्य गगन रावल,जनक कुमार बोहरा , सचिवालय सदस्य भरत थापा, अम्मर खड्का, काँसि वि क, सदस्य गोरख सार्की ,दिल बहादुर कुँवर लगाएत नेकपा का नेता युवा विद्यार्थी को उल्लेख्य सहभागीता रहेकाेे युुवा संघ बाजुुरालेे जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार