आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

  • आइतवार, कार्तिक २५, २०८१
बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
फाइल तस्विर

बाजुरा —बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पतालमा पुगाएका थिए । उनले जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे अप्रेसन गरेर दोस्रो बच्चा पाएकी थिइन् । अहिले बच्चाकाे अवस्था भने सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

दुई दिनदेखि जिल्ला अस्पतालमा रहेकी प्रेमकलाको स्वास्थ्यमा समस्या देखिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएकोे जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

स्वास्थ्यमा जटिल समस्या आएपछि राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार