शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • मार्तडी कोल्टी सडक खोल्न आनाकानी

मार्तडी कोल्टी सडक खोल्न आनाकानी

  • सोमवार, अशोज ५, २०७७
मार्तडी कोल्टी सडक खोल्न आनाकानी

बाजुरा जिल्लाको मुख्य ब्यापारीक केन्द्र कोल्टीदेखी सदरमुकाम सडक संचालनमा सम्बन्धीत निकायको मौनता देखीएको छ । बर्षाकाे समय सकिसक्दा पनी साे सडक संचालनमा सम्बन्धीत निकायकाे माैनता देखीएकाे हाे । बाजुराको सदरमुकाम देखी कोल्टी बजारसम्मकको मुख्य सडक संचालनमा जिल्ला प्रशासन कार्यालयबाट धेरै पटक भन्दै आएको भए पनी ठेकेदारहरुले कुनै चासो नदिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन । बर्षा याममा बिभिन्न ठाउँमा पहिरो गएर अबरोध भएको सडक बर्षायाम सकिन लाग्दा पनी कुनै सुरसार नभएको स्थानीयले बताएका छन ।
मार्तडीदेखी कोल्टी सम्मको सडक असारको पहिलो साता बाट अबरोध भएको र बर्षाको समयमा नसकिए पनी असोजको पहिलो साता बितिसक्दा पनी सडक खुलाउन कोही केही पहल नभएको हिमाली गाउँपालिकाका स्थानीय तथा दलित अधिकारकर्मी गोरख शार्कीले बताए । स्थानीय तहहरु पनी सडक संचालनमा चासो नदिएको शार्कीको भनाई रहेको छ ।
कोल्टी क्षेत्रसम्म सडक संचालन नहुदा असार महिनादेखी त्यहा जनता महगी र कालोबजारीको मारमा परेका छन नागरिक सरोकार मञ्च कोल्टी संयोजक जनेश भण्डारीले बताए । साफेँ मार्तडी सडक अबरुद्ध हुदा समस्यमा परेको कोल्टी क्षेत्र हाल महगी र कालोबजारीले काकाकुल बनेको भण्डारीको भनाई रहेको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाजुराबाट पटक पटक ठेकेदार कम्पनीहरुलाई सडक खुलाउन ताकेता गरेको भए पनी ठेकेदारहरुले आनाकानी गरिरहेको प्रमुख जिल्ला अधिकार कृष्ण गैह्रले बताए ।
उता कोल्टीबाट ढम्कनेसम्म बाटो बनाउन नगरपालिकाले डोजर लगाई सकिएको बुढिनन्दा नगरपालिका उपप्रमुख श्रृष्टी रेग्मीले बताएकी छन । केही दिन अगाडी देखी कोल्टीबाट सडक बनाउन संचालन गरिसकेको र पाण्डुसैनसम्म बनाई सकेको उपप्रमुख रेग्मीले बडिमालिका खवरलाई जानकारी दिएकी छन । डोजरको तेल सकिएको र केहीदिनमा डोजरको तेल पुग्ने बित्तीकै काम सुरु भएर ढम्कनेसम्म सडक सचांलन गरिने उप प्रमुख रेग्मीले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार