मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • स्थानीय तहका कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा

स्थानीय तहका कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा

  • सोमवार, अशोज ५, २०७७
स्थानीय तहका कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा

बाजुरा — बाजुरा लगायत देशभरका कर्मचारी हातमा कालोपट्टी बाधेँर आन्दोलनमा उत्रिएका छन ।  स्थानीय तह कर्मचारी मञ्चले निर्वाचन आयोगका निणर्य बिरुद्दमा विभिन्न आन्दोलनका स्वरुपअनुुसार आज हातमा कालोपट्टी बाधेँर कार्यालयको काम गरिरहेका छन ।
निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियन निर्वाचन, २०७७ प्रयोजनको लागि मतदाताका सम्बन्धमा प्रमुख निवार्चन अधिकृतको कार्यालयले मिति २०७७।०५।२९ गते देश भरीका सबै निर्वाचन अधिकृतहरूलाई सम्बोधन गर्दै गरेको परिपत्रको बुँदा नं ३ मा कर्मचारी कर्मचारी समायोजन ऐन, २०७५ पश्चात् लोकसेवा आयोगको विज्ञापन बमोजिम छनौट भई विभिन्न स्थानीय तहमा नियुक्त भई पदस्थापन भएका कर्मचारीहरू निजामती सेवा ऐन, २०४९ अनुसार नियुक्त भएको नदेखिदा निजहरू मतदाता हुन नपाउने निणर्यका बिरुद्द स्थानीय तह कर्मचारी हक हित मञ्चको आव्हानमा सबै स्थानीय तहका कर्मचारी आन्दोलीत रहेको स्थानीय तह कर्मचारी हकहित मंचले जनाएको छ । केन्द्रीय सर्कुलर अनुसार विरोधका कार्यक्रमहरु संचालन गर्न देशभरका स्थानीय तहमा गरिएको छ
जसमा मिति २०७७ असोज २ गते शुक्रबार जिल्ला निर्वाचन अधिकृतसँग छलफल, मिति २०७७ असोज ४ गते आइतबार जिल्ला निर्वाचन अधिकृतलाई ज्ञापनपत्र बुझाउन, मिति २०७७ असोज ५ गते कालोपट्टी बाँधेर सबै स्थानीयता कर्मचारीहरुले काम गर्ने त्यसै गरी मिति २०७७ असोज ६ गते भर्चुअल जुम मार्फत छलफल र असोज ६ गतेदेखि १० गतेसम्म राष्ट्रिय तथा क्षेत्रीय स्तरका कर्मचारिका संघसंगठन निर्वाचन आयोग र मन्त्रालयसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संवाद गरी सहमतिको प्रयत्न गर्ने माग अनुसार आज देशैभरका स्थानीय तहका कर्मचारीहरु हातमा कालोपट्टी बाधेर बिरोध जनाएको बडिमालिका नगरपालिकाका कर्मचारी बिर बहादुर बिष्टले बताएका छन । त्यस्तै असोज १० गतेदेखि १५ गतेसम्म कानुन व्याबसायि तथा अन्य प्रसासनका विज्ञहरुसँग छलफल कार्यक्रम रहेको स्थानीय तह कर्मचारी मञ्च बाजुराका फोकल र्पसन नरेन्द्र नाथले बताएका छन ।
त्यसै गरी असोज १५ गते सम्म पनि कुनै निचोड नआएमा तुरुन्तै काठमाडौ गाएर सर्वोच्चमा निर्वाचन प्रयनेजनका सम्पुण कार्यक्रम स्थगित का लागि रिट दायर गर्ने यस सम्बन्धमा थप छलफल गरी आगामी कार्यदिशा तय गर्ने रहेको मंचका फोकल र्पसन नाथले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार