शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • धनगढी बेस बनाएर उडान हुने खबरले सुदूर पहाडमा उत्साह

धनगढी बेस बनाएर उडान हुने खबरले सुदूर पहाडमा उत्साह

  • सोमवार, अशोज ५, २०७७
धनगढी बेस बनाएर उडान हुने खबरले सुदूर पहाडमा उत्साह

धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा समेत हवाई सेवा सञ्चालन हुने खबरले उत्साह बढेको छ। बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको हो।

अहिले धनगढी–बाजुरा चार्टड उडान भईरहेको बताउँदै धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले भने, ‘बैतडी, डोटी र बझाङ जिल्लामा पनि विमानस्थलको निर्माण सकिएको छ। केही साताभित्रै धनगढीबाट तीन पहाडी जिल्लामा परीक्षण उडान हुनेछ।’ उनले परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने बताए।

धनगढीबाट पहाडी जिल्लामा आन्तरिक उडान गर्ने तयारी भएपछि उत्साह बढेको बझाङका स्थानीय कलक खत्रीले बताए। ‘बझाङबासी विमानस्थल संञ्चालनको पर्खाइमा छन्,’ उनले भने, ‘नियमित रुपमा जहाज संञ्चालन भए जिल्लाको समग्र विकासमा टेवा पुग्ने देखिएको छ।’

अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ। सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ।

बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने बैतडीको पाटनका व्यवसायी चमन भण्डारीले बताए। उनले बैतडीको विकासका लागि पनि निकै महत्वपूर्ण सावित हुने बताए।

सुदूर पहाडका तीन विमानस्थलको निर्माण कार्य हालै सम्पन्न भएको हो। डोटी, बैतडी र बझाङको विमानस्थान संञ्चालनपछि पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। पहाडी जिल्लामा रहेका पर्यटकी तथा धार्मीक क्षेत्र सम्म पुग्नका लागि अहिले पनि सास्ती हुने गरेको छ।

तर जहाज चलेपछि पर्यटनसंगै व्यपार व्यवसाय र स्वास्थ्य सेवामा पनि सहज पहुच हुने उद्योग वाणिजय संघ डोटीका महासचिव दीपक बहादुर खड्काले बताए।

‘विमानस्थल संञ्चालन भए पहिला यात्रुहरुलाई फाईदा हुन्छ,’ उनले भने, ‘धार्मिक तथा पर्यटकीय क्षेत्रको पनि प्रर्वद्धन हुने विश्वास लिएका छौं।’ बाजुरामा चार्टड उडान गरिरहेको समिट एयरले छिट्टै बझाङमा परीक्षण उडानको तयारी गरिएको जनाएको छ। बझाङपछि बैतडी र डोटीमा समेत सुरुमा परीक्षण उडान गरिनेछ।

चर्चामा

सम्बन्धित समाचार