बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाटोमै सुत्केरी, जन्मेको एक घण्टामै शिशुको मृत्यु

बाटोमै सुत्केरी, जन्मेको एक घण्टामै शिशुको मृत्यु

  • शुक्रबार, अशोज २, २०७७
बाटोमै सुत्केरी, जन्मेको एक घण्टामै शिशुको मृत्यु
फोटो क्यापसन : राम बहादुर रावत/किडार्क नेपाल

कालिकाेट–कालिकोटको तिलागुफा नगरपालिका ११ बस्ने १९ बर्षिय सम्झाना शाहीलाइ स्वास्थ्य संस्था लग्दै गर्दा बाटोमै बच्चा जन्माएकि छन् । उनलाई जुम्ला अस्पताल लगिदै गर्दा तिलागुफा नगरपालिका ९ मा रहेको घनघोर जंगलमा बच्चा जन्माएको श्रीमान नरेन्द्र बहादुर शाहीले वताएका छन् ।
सम्झनालाइ स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने भएपछि जुम्ला अस्पताल रिफर गरिएको थियो । जुम्ला अस्पताल लिदा लिदै तिलागुफा नगरपालिका ९ को बिच जंगल बाटोमा नै सुत्केरी भए कि थिईन । बिहिवार राती देखि सुत्केरी व्याथा लागेर नजिकै रहेको चिलखाया स्वास्थ्य चौकीमा लगेका थिए । तर उक्त स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा राती ३ बजे स्वास्थ्य संस्थाले सुत्केरी गराउन सकिँदैन जुम्ला अस्पताल लैजान स्वास्थ्यकर्मीले भनेका थिए ।
रातीको समयमा यातायात र अन्य सुविधा नहुदा शुक्रवार बिहान जुम्ला अस्पताल लैजादै गर्दा शुक्रवार बिहान १० बजे तिर बिचबाटो जंगलमै सुत्केरी भए किडार्क नाम गैर सरकारी संस्थामा कार्यरत राम बहादुर रावतले वताएका छन् । बिच बाटोमा न फोन पनि नलाग्ने भएका कारणले अन्त सम्पर्क गर्न नसक्दा थप समस्या रहेको आफन्तले वताएको छ ।
शिसुको भने जन्मेको १ घण्टामा मृत्यु भएको आफन्तले वताएका छन् । स्वास्थ्य संस्थामा भएको भए शिशुलाइ बचाउन सकिन्थ्यो होला बाटोमै हुँदा शिशु बचाउन नसकेको आफन्तले वताएका छन् । सम्झनाको साल भने साल नआएर पछि थप उपचारको लागि आमालाई कालिकोटको जिल्ला अस्पताल मान्ममा लगेको छ । कर्णाली प्रदेशका मुख्य मन्त्रि महेन्द्र शाहिको गृह जिल्ला रहेको छ । दुर्गम ठाँउमा अझै पनि स्वास्थ्य चौकी टाढा र स्रोत साधन नहुँदा बाटोमा बच्चा जन्माउने गरेका छन् । कर्णाली प्रदेश र शुदुरपश्चिम प्रदेशका पहाडि जिल्लाका महिलाहरुले सधै यस्तै पिडा भोग्दै आएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार