शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सपनाको घर!लघुकथा।

सपनाको घर!लघुकथा।

  • बिहिबार, कार्तिक १८, २०७८
सपनाको घर!लघुकथा।

सुरेशकुमार पान्डे — सेतेलाई लाग्थ्यो आफ्नो पनि एउटा ताले घर हौश।किन कि भर्खरै उस्ले चालपाउँन थालेको बेला एउटा गोठ र घर एउटै भयको त्यसलाई थारो भनिन्थ्यो त्यसैमा गुजारा गर्दै आएका थिए।एउटा शुन्दर ताले घरको कस्लाई लालच हुँदैन र।
एका तिर गाई गोरू बस्थे एका तिर मान्छे।घरमा स-साना भाई बैना थिए।जेठो बाठो भनेको त्यहि सेतेनै हो।आमा छोराले बारिमा काम गर्दा सधै घरका कुरा गर्थे।आमा तपांई चिन्ता नलिनुस म छिट्टै लाहुर गएर पैसा कमाउँछु अनि दुई ताले घर बनाउँला।सेते ले आफ्नो आमालाई आसवास्न दिन्छ। आमाले उस्को कुरामा हौश भन्दै समर्थन दिन्छिन उनि आफ्नै काममा लगिरहेकि थिईन।आमा यँहा हेर्नुसत रातै गोलभेंडा पाकेकाछन,म गोल भेंडा टिप्छु है?आज पाकेका पाकेका टिप्छु बाँकि फेरि टिपौँला भन्छ। हो भित्र ल्याउ टिपेर बजार लैजाउँला भोलि आमाले कुरा थप्छिन।हुन्छ नि किन नहुने टिप्छु भन्दै सेतेले गोलभेडा टिप्न थाल्छ।आमाले मकैका ठुटी खेर्न थाल्छिन।पर्सि गाई तिहार परेको ले भोलिनै जानु पर्छ बजार भन्दै सेतेले करिब एक पाथि गोल भेंडा टिप्छ।त्यो घरको ढिकमा लट्टै फलेको गोलभेडा पाकेको थियो।अहिले केहि दिन बजार नगयको ले गोलभेंडा राम्रै जम्मा भयो।आमाले तिन दिन बाट गाईको दहि संगालेकि थिईन।टमाटर टिप्दा अहिले अलि धेरै नै थियो।
अरू घरमा कुनै आयश्रोत थिएन त्यहि( टमाटर)गोलभेंडा र कालु गाईको दहिले यो परिवारलाई जोगाएको थियो।
आमा छोराले दिउसै सपना देख्छन।गरिबि त हो ताले घरको सपना पुरा हुन त कतिहो कति मिहेनत गर्नु पर्छ।जेहौस सपना देखेर भय पनि केहि क्षेण खुसि हुन्थे।
झमक्क सांज पर्न थाल्यो सेतेले आफुले टिपेको गोलभेडा घरमा लियेर आयो।आमाले एक अंगाला मकैका ठुटी लिएर आमा छोरा घरभित्र पसे घरमा भर्खर बनबाट गाई ल्यायर आएकि बैनिले भित्र आगो बालेर बसेकि थिई।एउटा भाई र बैनि भने गुन्द्रिमा पल्टेर निदाई सकेका थिए।एउट भाई कतै गाउँ तिर गयको थियो।
आमा भोलि के के ल्याउँने हो बजार बाट?सेतेले सोध्छ।खै एक पाथि दहिछ यसको चामल ल्याए बाबु तिहारमा खाने खर्चछैन, गोलभेंडा बेचेर भेली अनि मट्टिको तेल एक बोतल ल्याए भनेर अराईन।
अहिले झोलामा गोलभेंडा राखेर बिहान छिट्टै बजार जाने तरखरमा अहिले तैयारी गरेर सुत्ने बिहानै उठेर भात खाएपछि हिंड्ने भन्दै अहिले सुत्छन।
बिहानै भालेको डाँकामा आमा उठेर सेतेलाई भात पाकिई दिन।अनि सेतेलाई उठाउँदै बाबु!ए सेतु उठ बा अबेरा हुन्छ !आमाले भनेको सुने पछि सेते उठेर हातमुख धुन्छ अनि तैयार हुन्छ।गरिबहरूले देख्ने सपना कसरि पुरा हुन्थ्यो?उनिहरूले त सपना मात्रै देख्ने हो।गुजारा गर्ने घरमा अन्न पनि हुँदैन।
बिहानै बजार गयर दहि लाई चाँवल सँग साट्छ अनि त्यो गोलि भेंडा बेचेको पैसाले मट्टिको तेल भेली अनि प्याज मर मसाला लिएर फर्किन्छ।
सांझ झमक्कै हुन्छ।घरमा जसरि तसरि तिहार मनाउँने त्यैयारी थियो।आमाले ढिकिमा दिउसो अलि कति साँठो बनाउँने चामलको पिठो ढीकिले कुटेर ल्याएकि थिईन।भोलि पल्ट बाबर बनाउँने र गाईलाई खिलाई दिने हो।
गरिब भयपनि त परमपरा अनुसार गर्नै पय्रो।उतिबेला सबै गाउँमा खरको छानोका घर हुने गर्थे एउटा कसै कसैले टिनले छायो भने त्यो धनि मान्छेमा गनिन्थ्यो।
सेते पनि तिहार मानेर लाहुर आयो।
जसरी तसरी दुःख गरेर एउटा खरको छानो भयको ताले घर बनाउँन ठेक्का दियो।ठेक्का त एघार हजारको थियो तर के के गर्दा दार काट्दा र किन्दा साडे सत्ताईस हजार घरमा लगायो।त्यो बेला भर्खर बहुदल आएको थियो।राजनीति पार्टीहरू खुल्ला भएका थिए।बहुदल आएपछि ति कर्मिहरू कांग्रेस पर्दिए।अनि सेते कम्युनिष्ट त्यो बेला कुनै काँग्रेसको बारिमा गाई पसेपनि कम्युनिष्टले न निकाल्ने त्यस्तै कम्युनिष्टकोमा पसे कांग्रेसले न निकाल्ने गर्थे।त्यो बेलामा “नयाँ जोगिले बढि खरानि घस्छ” भन्ने उखान जस्तै पार्टीहरू बिच खिचा तानि चल्थ्यो।
ति क्रमि हरूले जानेर घरलाई कम्जोर बनाई दिए।पाल्टिमा लागेपछि गाउँले छिमेकि आफ्नो पराया ले खासै फरक पर्ने रैनछ।मज्दुरी गरेर खानेहरू पनि आफुलाई कांग्रेस भन्ने र आफु जस्तै गरिव कम्युनिष्टलाई देखि नसहने र कम्युनिष्ट भनौदा पनि उस्तै गर्थे।
जेहौश सेतेले एक दशक सम्म देखेको सपना र गरेको मिहेनतमा उनिहरूले पानी फेरिदिए।पैसा पनि दुःख देखाएर लगि सके तर घरका दैला समेत लगाई दिएनन्।सेते लाई फसाद पय्रो उनिहरूलाई केहि भन्ने हो भने कम्युनिष्टले आफ्नै बर्गका मान्छेलाई सतायो भन्छन।केहि न भन्दा उनैले अन्याय गर्दैछन।सेतेले कसैलाई केहि भनेन परिणाम बल्ल बल्ल बनाएको घर एक दिन दिउसै घरररर पहिरो गयो।धन्य राति सुतेको बेला पहिरो गयको भए कति ज्यान जाने थियो।जे हौश समान त सबै नोक्सान भयो तर ज्यान भने जोगियो।यो तिहार पर्व आएपछि पुरानो समरण हुन्छ।गरिबहरूको दुश्मन बनेर आएका कतिपय राजनीतिक पार्टीहरू पनि देखिन्छन।
अहिले मुहार पुस्तिकामा ठुला ठुला पक्कि घर साथिहरूले बनाएको देख्दा अत्यान्तै खुसि पनि लाग्छ उस्तै कम्युनिष्टको बिउ भुंट्टिदै गएको देख्दा पनि असहनिय हुन्छ।

चर्चामा

सम्बन्धित समाचार