बिहिबार, बैशाख २७, २०८१

लाहूरे(कथा)

  • बिहिबार, बैशाख ११, २०७७
लाहूरे(कथा)

सरकारले भारत स्थित नेपालीहरु लाई मात्र लाहुरेको रुपमा बुझेकोछ।कोरोना को कारणले बिदेशमा हाम्रो शन्तान कुन अबस्थामा हुँनन् भनेर उद्धार गर्नु भन्दापनि यो लाहुरे मोरे मोर्छन बाँचे बाँच्छन भन्ने उदेश्यले कामगरेको ब्यबहारले देखायो। कति महाकालिमा हाम्फाले कति भोकले मरे सरकारलाई केहि सार छैन” ।

भन्दै मणिले रिस पोख्छ! भारतमा बसेका मज्दुरलाई त मात्र चुनावको बेला शंझिन्छन सरकारले!भन्दै बिरेलेपनि मणिको बिचारमा समर्थन दिन्छ। भारतमा पनि ता उस्तै छौँ हामि काम गर्दा सम्म खाने ,पैसा जोगाएर पनि न राख्ने सरकारले पनि केगरुस?लुम्बाले उनिहरको बिचारलाई करस गर्छ। एक पटकको कुरा सुनाम?हुँन ता मणि जी लाईपनि थाहाछ”भन्दै लुम्बाले इजाजत माग्छ।सुना -सुना बिरेले समर्थन दिन्छ। त्यो क्या प्रेमको कथा सुनाउँनुश मणिजी हजूरले मलाई भन्दा हजूरलाई प्रष्ट आउँछ त्यो।भन्दै लुम्बाले मणि तिर हेर्छ।हौश भन्दै मणिले कथा सुनाउँन थाल्छ-अँ त्यो अक्टुवर मैनाको अन्तिम तिर को कुरा हो भर्खर चिसोले रफ्तार छोपेको थियो।मणिले भन्दै जान्छ म र केहि सामाजिक साथिहरु सामन्या अस्पत्ताल पुग्छौ।अस्पत्तालमा दश नबज्दै चहल-पहल निकै हुँन्छ,त्यो सरकार होस्पिटल भयर होला भिडनै थियो।

दाई यता आउँनुश !एउटि महिलाले हामिहरुलाई बोलाउँदै गेट को बाँया साईड तिर जान ईसारा गरिन,हामि उन्को आवाज सुनेर ठिङ्ग उभियौँ उनिपनि हामि उभिएको देखेपछि नजिक आइन।उन्ले त्यो अस्पत्तालमा त्यो बेला नर्सको काम गर्थिन,उन्ले त्यँहा अस्पत्ताल भित्र आफुले सक्ने जति काम नेपाली श्रमजिविहरुको लागि बे हिच किच भाग दौड गरेर सहयोग पुराउँथिन,अस्पत्तालमा भयको औषधि पनि उन्ले दिलाई दिन्थिन।नेपालीहरुको लागि उनि सदै सहयोगि भन्ने प्रयात्न गर्थिन।

यस्तो एकप्रकारले उन्को स्वाभावनै बनेको थियो। तर उनि आसाम भारतकि नै हुँन नेपाल मुल कि भएर होला नेपाली समाजलाई मायाँ गर्थिन।हुँन ता उन्को श्रीमानको मृत्यु पछि उन्लाई त्यो ठाउँमा नोकरी लगाउँन समाजका साथिहरुले दिन रात भनेन,केस गरेर उन्लाई उन्को श्रीमानको ठाउँमा नोकरी लगाईदिएका थिए। उन्ले हामिलाई लिएर त्यो नजिकको वार्डमा जान्छिन त्यँहा एउटा बैठमा प्रेम को लाश मात्रै थियो अरु कोहि पनि थिएनन्। प्रेम नामक ब्याक्ति लाई केहिदिन पहिले यो अस्पत्तालमा भर्ति गराएका थिए।उस्लाई साथिहरुले चन्दा कटाएर उपचार गर्दै थिए।

तर उपचारकै द्वौरानमा आज बिहानै उस्को मृत्यु भएको ले फोन गरेर उनै महिलाले बोलाएकि थिईन। प्रेम एउटा बलियो ज्युडाल भएको ब्याक्ति हो,उस्लाई धेरैले नामले भन्दा लाहुरे भनेरै बोलाउँथे,उ कयौँ बर्ष देखि भारतमा बस्यो र यतै जिन्दगि बितायो।उस्को घरपरिवार काँहा थिए छन कि छैनन् त्यो भने कसैलाई थाहा हुँन सकेन।कहिले कुना ठाउँ कहिले कुन ठाउँ मा मज्दुरी गर्ने,गय्रो हात पाखुरा चल्दा सम्म कमायौ अनि खायो,उस्ले जाँड रक्सि तास केहि छाडेन एक प्रकारको लडाकु स्वभाबको मान्छे थियो,लामा-लामा जुँवा पालेर घरि तिखा पार्दै छाति चौडा पारेर हिँड्ने गर्थ्यो। तो हामि बस्ने सहरमा कतै बाट केहि बर्ष पहिले आयो र त्यँहा बिहे लगायतका पार्टिहरुमा भान्शा पकाउँने काम र बेटरको कामपनि गय्रो। आफ्नो घर झापा बाहेक अरु भन्दैन थ्यो साहिद भन्न चाहन्नथ्यो वा सानैमा भारतमा आएपछि बिर्षियो त्यसबारे कयौँ पटक सोधपुछ गर्दापनि भनेन।

यो सहरमा पटक पटक उस्लाई सोधपुछ गर्ने गर्दा उ चुपचाप पञ्जाबको बरेटा भन्ने ठाउँ पुग्यो र त्यँहा एउटा परिवारवाला सँग नजिकै क्वाटर लिएर बस्ने उनि सँगै बेटरमा काम गर्न थालेछ।उस्ले केहिमैना त्यँहा बितायो त्यहिद्वौरानमा उ बिमार परेछ,र साथिहरुले आपसमै आफ्नै पाराले चन्दा काटेर उपचार गर्न थालेका रैछन।त्यो धेरै बिमारी भयपछि हामि बस्ने सहरको सिबिल अस्पत्तालमा ल्याएर भर्ना गरे पछि एकदिन त्यँहाका साथिहरुले यसलाई हेर देख गर्नु बैनी हामि भोली पैसालिएर आउँछम भनेर अस्पत्तालमा ति महिँलाको हिला लगाएर गए तर फर्केर आएनन्। त्यो हाम्रो समाजले थाहा पाएपछि रेख देख गर्न थाल्यो तर दुई दिन पछि त्यो मय्रो।त्यँहा लामुसमय सम्म उनिहरुले आफ्नै पाराले हेरदेख गरे हामिलाई भनेनन् जब ठुलो संकट पय्रो त्यसपछि भने तर उपचारकै द्वोरानमा उस्को निधन भयो।

आज उनै महिलाले फोनमा जानकारी गराएपछि हामि पुगेका थियौँ। अनि नेपाल पठाउँनु भयो त?बिरेले मणिको कुरा बिचैमा काट्छ।पुरा कुरात सुन यार!सुब्बाले बिरेलाई चुप गराउँछ। काँ नेपाल लग्ने नि?मणिले अगाडि भन्न थाल्छ-त्यो लाहुरेको त घरै थाहाछैन अनि कता लाने?मणिले प्रति प्रश्न गर्छ,सबै मौन हुँन्छन।

सामाजिक सथिहरुले समय समयमा देख रेख गरि रहेकाथिए र उस्को अड्रेश पत्ता लगाउँन ठुलो प्रयास गरे तर हात लागेन!मणिले एकछिनको मौनतालाई तोड्दै अगाडि फेरी सुनाउँन सुरु गर्छ।प्रेमको निधन २७अक्टुबर२००१मा निधन भयो हुँनता यो सानो सहर थियो तर यँहा प्रया घटनाहरु धेरै घट्थे,पञ्जाब र हरियाणा को सिमाना प्रने हुँदा हरियाणा र पंजाबमा बरेटा,मान्शा, जाखल,लहिरा गागा,लोगोवाल, बठिन्डा सम्मका घटनाहरु को घटनाबाट पनि यो सहर अछुतो थिएन।

के तिनि सहर हरुमा संगठन थिएन र?बिरेले प्रश्न तेर्छाउँछ।थिएनी संगठन भयर ता घटनाहरु ओक्लिन्छन संगठन नभयको ठाउँमा कयौँ घटनाहरु ता देखिदैनन् तर घटनाहरु ता हुँन्छन नी।लुम्बाले बिरेको कुरा बिचैमा काटेर भन्छ।भन्नुश हजूरले लुम्बाले फेरी कथा सुनाउँन अनुरोध गर्छ। सबै साथिहरु जुटे,मणिले कथा सुरु गर्छ-उस्का आफन्तिहरु कोइ थिएनन् कतै अत्तो पत्तोनै थिएन,यस्ता केसहरु पहिला होईनन् पहिले पहिले ता यस्ता अन्गिति घटनाहरु घट्थे।नेपाली हरु घरबाट लाहुर जान भनि हिँड्ने अनि भारतमै अलपत्र परेर घरै नजाने कहिले कुन कहिले कुन सहरमा भौतारिने यस्तैता थियो अबस्था।

बाँच्दा सम्म मज्दुरी गरेर खान्छन पछिको सोँचेर जम्मा हुँदैन,अन्तिम मा उनिहरुको यस्तो अबस्था हुँन्छ” उनिहरु जुटेका साथिहरु सँग यस्तै कुरा सम्झाउँदै आफ्नो झोला बाट लेटर प्याड निकालेँ अनि सबैको नाम लेखेर चन्दा दिन भने सबैले चन्दा काटेर उस्को अन्तिम सँस्कार नजिकैको सम्सान घाटमा लगेर उस्को दाँ सस्कार गर्छन। उ को थियो कसैलाइ थाहा छैन मात्र एउटा लाहुरे थियो।जस्ले सारा जिन्दगि मज्दुरि गरेपछि पनि अन्तिम सँस्कार चन्दा काटेर गरेका थिए।आज ताला बन्दि भयको बेला त्यो पुरानो दिन मणिलाई झल झलि सम्रण भयको थियो।आज त्यसता तमाम लाहुरेहरुको यो लाक डाउँनको बेला कस्तो अबस्था श्रृजनम भयको होला? सहजै अनुमान लगाउँन सक्किन्छ।जस्ले परदेशमा दिन देशमा मज्दुरी गरेर जिवन यापन गरेका हुँन्छन बच्चा पालेका हुँन्छन उनिहरुको जटिल अबस्थाछ।मणिले त्यो कथाको बिट मार्दै भन्छ।

 

चर्चामा

सम्बन्धित समाचार