• होमपेज
  • स्वामिकार्तिक खापर
  • कर्णालीमा झोलुङ्गे पुल नबन्दा आवतजावतमा समस्या

कर्णालीमा झोलुङ्गे पुल नबन्दा आवतजावतमा समस्या

  • बुधबार, बैशाख २६, २०८१
कर्णालीमा झोलुङ्गे पुल नबन्दा आवतजावतमा समस्या

बाजुरा —बाजुरामा कर्णाली नदिले झोलुङ्गे पुल २०७९ असारमा बगाउदा स्वामीकार्तिक खापर गाउँपालिका १ र २ साप्पाटा बजारबाट बिच्छेद भएको थियो । पुल बगाएको २ बर्ष हुन लाग्दा सम्म पुल नबन्दा स्थानियलाइ समस्या भएको छ । स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिको भैसागाडमा रहेको झोलुङ्गे पुल बगाएपपछि साप्पाटाका १ हजार घरपविार बजारको पहुँच भन्दा टाढा रहेको स्थानियबासीले बताएका छन् ।

कर्णाली नदिले २०५२ सालमा निर्माण भएको पुल बगाएको थियो । झोलुङ्गे पुल बगाउदा स्वामिकार्तिक खापर गाउँपालिका १ र २ जगन्नाथ गाउँपालिका ३, ४ र ५ का बासिन्दालाइ आवतजावत बन्द भएको छ । साप्पाटा बाट जगन्नाथ गाउँपालिकाको बेर्मा बजार आउने झोलुंगे पुल कणर्ाली नदिले बगाएपछि स्थानिय बजारको पहुँच सँगै आवतजावतमा समस्या भएको स्थानिय शिक्षक धन बहादुर धामीले बताएका छन् । साप्पाटाको मुक्तिकोट गाउँ सबै भन्दा बढी गरिब गाउँ हो । ४ सय परिवार बजारको खाद्यन्नमा निर्भर रहने गरेका छन्, बजार जाने पुलनै बगाएपछि गाउँमा खाद्यन्न संकट भइरहेको धामीले बताए ।

बेर्मा बजार पुग्न एक घण्टा देखी बढीमा तिन घण्टा लाग्ने गरेको थियो, अब भने धेरै टाढा बाट घुमेर जानुपर्ने रहेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् । गाउँमा बिरामी पर्दा उपचारका लागि बाहिर लिन निकै समस्या भएको छ । बजारको पहुँच बाट गाउँ टाढा रहेपछि गाउँमा संकट उत्पन्न भएको स्थानिय डबल बहादुर बिकले बताएका छन् ।

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार उक्त झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट तीन करोड बजेट व्यवावस्थापन भएको छ । सो पुल निर्माणका लागि गाउँपालिका अध्यक्ष रोकाया पटक पटक मन्त्रालय धाइरहेका थिए । अध्यक्ष रोकायाका अनुसार बेर्मा-बालुवा जोडने ३ सय मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि केहि दिनमा टेण्डर हुने बताएका छन् ।

२०७९ साल असार महिनामा अबिरल बर्षाले कर्णाली नदिमा रहेका झोलुंगे पुल बगाएको छ । कर्णाली नदिमा रहेका हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम र दैलेखमा रहेका दर्जन भन्दा बढी झोलुंगे पुल बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार