बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अमूल्य जीवन सँग खेलवाड

अमूल्य जीवन सँग खेलवाड

  • शुक्रबार, बैशाख ७, २०८१
अमूल्य जीवन सँग खेलवाड

हत्थकडी लगाउ वा गोलीमार सरकार,
पावर हातमा छ कित गर उद्दार सरकार।

सन्तान् तिम्रै भएपछि माग्छन् न्याय पनि,
कस्ले दिन्छ भनौँ जिउँने आधार सरकार।

अमूल्य जीवन सँग खेलवाड नगरौँ कत्ती,
कुनै दिन अवश्य हुनेछ आर पार सरकार।

विदेशी दलाल बनी जनतामा दमन नगरौँ,
जनता बन्नेछन् घाँटी सेर्ने हतियार सरकार।

लुकाई बसेको रोग निको हुँदैन फैलिएला,
साबधान गर्नुपर्ला फेरी चिरफार सरकार।

समयमै आफुलाई सुधारौँ र देशभक्त बनौँ,
छोपौँ अपराधी र नगरौँ भ्रष्टाचार सरकार।

फलामले नै फलाम लाई काट्नेगर्छ याहाँ,
उसैको बन्छ ढाल उसको तरवार सरकार।

चर्चामा

सम्बन्धित समाचार