• होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

  • बिहिबार, बैशाख २७, २०८१
सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

धनगढी— १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो ।

भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।

भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त पाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार