• होमपेज
  • प्रदेश १
  • नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की

नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की

  • बिहिबार, बैशाख २७, २०८१
नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की

विराटनगर— कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।

बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । आह्वानका विरुद्ध रिट दायरका लागि कार्की काठमाडौं पुगिसकेका छन् ।

एउटा सरकार हुँदा हुँदै अर्को सरकार गठनका लागि आह्वान भएपछि सर्वोच्च अदालत जान लागेको मुख्यमन्त्री कार्कीले बताए । ‘प्रदेश प्रमुखबाट घोर असंवैधानिक कदम चल्यो, मुख्यमन्त्री हटाएको पनि छैन, पदमुक्त भएको भनिएको छैन’, उनले भने, ‘दुई वटा प्यारालल सरकार बनाउन पाइन्छ त ?’

संविधान अनुसार आफूले विश्वासको मत लिएको बताउँदै उनले भने, ‘प्रदेश प्रमुखको आह्वान विरुद्ध आजै रिट दायर हुन्छ ।’ उनले सर्वोच्चमा प्रदेश प्रमुखको आह्वान खारेजी र उपधारा ५ अनुसारको सरकार भएकाले आफ्नो नेतृत्वको सरकारको निरन्तरताको माग गर्नेछन् ।

सरकार गठनका लागि आह्वान हुने पूर्वजानकारी पाएका मुख्यमन्त्री कार्कीले केही दिनअघि देखि नै सर्वोच्च अदालत जाने तयारी गरेका थिए । कार्कीले सर्वोच्च अदालत जाने तयारी गरेको थाहा पाएका एमाले दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । आजै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरेर नियुक्त गर्ने तयारी छ ।

चर्चामा

सम्बन्धित समाचार