राज्यको दृष्टिबाट ओझेल पावन क्षेत्र बुढिनन्दाः एक अध्ययन
बाजुरा जिल्लामा अवस्थित धार्मिक एवम् पर्यटकीय ऐतिहाँसिक पावन क्षेत्र बुढिनन्दा मन्दिर शैपाल हिमालको दक्षिणी हिमश्रृङ्खला, उत्तरमा फुलैगुम्बा र सैन पाटन, पादुका त्रिवेणी धाम र कोल्टी विमानस्थलबाट उत्तरतिर पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूणर् रहेको दैवी क्षेत्रमा साना ठूलागरि सात ओटा तालहरु छन् । सबै तालहरु चट्टानमै अवस्थित छन् । मन्दिरसँगै जोडिएको ‘निजार ताल’ तिलिचो ताल पछि […]