शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • कोल्टिमा चिकित्सक भएपनि आकस्मिक प्रसुति सेवा सञ्चालन भएन्

कोल्टिमा चिकित्सक भएपनि आकस्मिक प्रसुति सेवा सञ्चालन भएन्

  • बिहिबार, साउन ८, २०७७
कोल्टिमा चिकित्सक भएपनि आकस्मिक प्रसुति सेवा सञ्चालन भएन्
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आकस्मिक प्रसुति सेवा अझै सञ्चालन नभएपछि बुधवार सुत्केरीलाइ कोल्टि बाट हवाइ उद्धार गरि नेपालगञ्ज लग्दै ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आकस्मिक प्रसुति सेवा अझै सञ्चालन हुन सकेको छैन् । बुढिनन्दा नगरपालिकाले जेठ महिनामा चिकित्सक डा. अशोक खनाललाई आकस्मिक प्रसुति सेवा सञ्चालनका लागि ल्याएको भएपनि सञ्चालन भने हुन सकेको छैन् ।
चिकित्सक ल्याएको भएपनि अन्य ब्यबस्थापन र सामान नहुँदा सञ्चालनमा हुन नसेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले वताएका छन् । गत आर्थिक बर्ष सकिन दुई महिना बाकि रहँदा चिकित्सक ल्याएपनि ब्यबस्थापन गर्न नसकेको जैशीले थपे । आर्थिक बर्ष ०७५।०७६ मा भने आकस्मिक प्रसुति सेवाका लागि आएको रकम फिर्ता पठाएको थियो ।
आकस्मिक प्रसुति सेवा स्थापना गर्नका लागि परिवार स्वास्थ्य महासाखाले आर्थिक बर्ष ०७६।०७७ मा ३० लाख बिनियोजन भएको थियो । गएको आर्थिक बर्ष ०७५।०७६ मा आकस्मिक प्रसुति सेवा स्थापना गरि सेवा सुचारु भइसक्ने भएपनि काम हुन नसकि २० लाख रकम फिर्ता गएको परिवार स्वास्थ्य महासाखाले वताएको छ ।
आकस्मिक प्रसुति सेवा स्थापनाका गएको आर्थिक बर्षमा नै २० लाख बराबरको सामान खरिद गरेर स्वास्थ्य केन्द्रमा ब्यबस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको भएपनि तर नगरपालिकाले सामान नभएको भन्दै सञ्चालन हुन नसकेको वताएको छ ।
आथिर्क बर्ष ०७५।०७६ मा नगरपालिकाले कर्मचारी ब्यबस्थापन गर्न नसक्दा रकम फिर्ता भएको थियो । ०७६।०७७ मा भने चिकित्सक ब्यबस्थापन गरेको भएपनि सेवा भने सञ्चालन हुन सकेको छैन् । एकजना प्रसुति रोग बिशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुति चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एकजना कार्यलय सहयोगिको ब्यबस्थापन गर्नु पर्ने रहेको छ ।
बाजुराका पुर्वोउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानिय तहलाई लक्षित गरि सरकारले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्ने लक्ष्य रहेको थियो । सेवा सञ्चालनमा नहुँदा त्यो क्षेत्रमा जटिल खाले सुत्केरीका लागि निकै सास्ति भोग्नु परेको स्थानिय गोरख सार्कीले वताएका छन् । सदरमुकाम मार्तडीमा सेवा लिन जानु पर्ने बाध्यता रहेको उनले थपे ।
गएको बर्ष कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापनाका लागि करारमा कार्यरत डा. सत्य शाहिलाई उनलाई परिवार कल्याण महासाखाले आकस्मिक प्रसुति शल्यक्रिया तालिममा पठाएको थियो । उनले ७० दिनको तालिम सेति अञ्चल अस्पतालमा लिएका थिए । नगरपालिका र डा. शाहि बिच तलबमा कुरा नमिल्दा गएको बर्ष सञ्चालनमा ल्याउन नसकेको नगरपालिकका एक कर्मचारीले वताए ।
सरकारले गएको गत आर्थिक बर्षमा मात्र आकस्मिक सेवा सञ्चालनमा नआउदा जटिल सुत्केरीलाइ हवाई सेवा मार्फत ६ जनालाइ उद्धार गरिएको थियो । नगरपालिकाले भने सामान ढुवानी गर्न केही समस्या भएकाले हो अब चाडै सञ्चालन हुने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार