शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ८० प्रतिशत रोपाइँ सकियो

बाजुरामा ८० प्रतिशत रोपाइँ सकियो

  • शनिबार, असार २७, २०७७
बाजुरामा ८० प्रतिशत रोपाइँ सकियो

बाजुरा — असार तेस्रो सातासम्म बाजुरामा ८०  प्रतिशत खेतमा रोपाइँ भएको छ । असार २५ गतेसम्मकाे तथ्याङ्कका अाधारमा बाजुरा जिल्लामा ८० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले जानकारी दिए । गत वर्ष यही अवधिमा जम्मा तीन लाख ६५ हजार हेक्टरमा धान रोपाइँ भएको र अघिल्लाे बर्षकाे तुलनामा याे बर्ष १५ प्रतिशत बढि राेपाइकाे काम सकिएकाे सुचना अधिकारी जैशीले बताएका छन ।

बाजुरा जिल्लाकाे अधिकाङस भुभागमा राेपाइका लागि अाकाशे पानीकाे भरमा हुने भएकाेले अघिल्लाे बर्षमा धेरै राेपाइ हुन नसकेकाे र यस बर्ष चाडै मनशुन सुरू भएकाेले ८० प्रतिसल राेपाइ हुन पुगेकाे जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाेबिन्द सिजापतीले बताए । बाजुरा जिल्लाका केही भागमा साउनकाे पहिलाे सातासम्म पनी राेपाइ हुने भएकाेले यस बर्ष ९५ प्रतिशत राेपाइ हुने अनुमान गरीएकाे प्रमुख सिजापतीकाे भनाइ रहेकाे छ । बाजुरा जिल्लामा ५ हजार २ सय  हेक्टरमा सिचाइ अर्थात  राेपाइ हुने र २ हजार ३ सय पाखाे खेतमा राेपाइ हुने गरेकाे सुचना अधिकारी मिन प्रसाद जैशीले बताएका छन् । माैसम प्रतिकुलले गर्दा याे बर्ष चाडै राेपाइ सकिन लागेकाे जैशीकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार