बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • नगरप्रमुख गिरीकाे ठाडाे निर्देशनमा काेराना संक्रमीत घर पठाए : नगर उपप्रमु्ख रेग्मी

नगरप्रमुख गिरीकाे ठाडाे निर्देशनमा काेराना संक्रमीत घर पठाए : नगर उपप्रमु्ख रेग्मी

  • सोमवार, असार २२, २०७७
नगरप्रमुख गिरीकाे ठाडाे निर्देशनमा काेराना संक्रमीत घर पठाए : नगर उपप्रमु्ख रेग्मी

बाजुरा — बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालिकाका काेराेना संक्रमीतहरूलाइ  नगरप्रमुख पदम कुमार गिरीले  कुनै स्वास्थ्य कर्मीकाे  सल्लाह बिना घर  पठाएकाे नगर उपप्रमुख श्रृष्टी रेग्मीले अाराेप लगाएकी छन । नगर प्रमुख गिरीले जनताकाे मत जितेर भएका जनप्रतिनिधी भए पनी जनताकाे स्वास्थ्यमा खेलवाड गरेकाे रेम्मीले निकालेकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ । काेराना पाेजेटिभ देखीएका ४३ जनालाइ १४ दिन नपुग्दै घर पठाएकाेले याे सरासर गलत भएकाे उप प्रमुख रेग्मीकाे हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरीएकाे छ ।

नगर प्रमुखकाे एकल निर्देशनमा दाेस्राे पिसाअार नगरी घर पठाएकाेले गाउँमा झन त्रास र संक्रमणकाे जाेखीम बढ्दै गएकाे हुदा मेयर गिरीकाे गलत प्रबिधी रहेकाेमा  उप प्रमुख रेग्मीले बिज्ञप्तीमार्फत असहमत भएकाे जानकारी दिएकी छन । त्यसै गरी बुढिनन्दा नगरपालिका वडा न ७ का वडा अध्यक्ष अशाेक दानीले पनी घटाल क्वारेन्टाइनमा रहेका ५० जनाकाे रिपाेट नअाउदै घर पठाएकाे र वडाअध्यक्षले तपाइहरूकाे कुनै लक्षण छैन तपाइहरू घर जानुस भनेर दिएकाे निर्देशनले गाउँमा झन जाेखीम रहेकाे बिज्ञप्तीमा उल्लेख गरीएकाे छ ।

केही जनप्रतिनिधीकाे गैर जिम्मेवारीपुर्ण कार्यले  सुरूवाती दिनदेखी नै संक्रमण नियन्त्रणमा गरीएका प्रयास, नगरपालिकाकाे २ कराेड ५० लाख बजेटकाे अाैचित्यमाथीकाे प्रस्न उव्जाएकाे नगर उपप्रमुख रेग्मीले बिज्ञप्तीमा भनेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार