बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • अनियमितताकाे अखडा बन्दै बाजुराका स्थानिय तह, बाजुरामा २९ करोड भन्दा बढि बेरुजु

अनियमितताकाे अखडा बन्दै बाजुराका स्थानिय तह, बाजुरामा २९ करोड भन्दा बढि बेरुजु

  • शनिबार, साउन ३, २०७७
अनियमितताकाे अखडा बन्दै बाजुराका स्थानिय तह, बाजुरामा २९ करोड भन्दा बढि बेरुजु

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लाका सबै स्थानीय तहहरु अनियमितताका अखडा बन्दै गएका छन । हरेक बर्ष जिल्लाका नौ ओटै स्थानीय तहमा बेरुजो बढ्दो क्रममा रहेको पाइएको छ । अघिल्लो बर्षको तुलनामा यो बर्ष बाजुराका ९ वटै स्थानिय तहमा निकै बढि बेरुजु आएको महालेखा नियन्त्रको प्रतिबेदनमा उल्लेख गरिएको छ । कतै खुलेआम भष्ट्रचार गरेको पाइन्छ भने कतै कागजमा तथा निति नियममा अनियमित भएको पाईएको छ ।
९ वटा स्थानिय तहमा दुई आर्थिक बर्षमा मात्र २९ करोड भन्दा बढि बेरुजु रहेको महालेखाको प्रतिबेदनमा उल्लेख रहेको छ । केही कागज नमिलाएको र केही भने खुलेआम अनियमित तरिकाले भष्ट्रचार भएको असुल गर्ने महालेखाको कार्यलयले जनाएको छ । आर्थिक बर्ष ०७४।०७५ र ०७५।०७६ मा ९ वटै स्थानिय तहको २९ करोड ११ लाख ९२ हजार बेरुजु रहेको देखाएको छ ।
सबै भन्दा बढि बुढिनन्दा नगरपालिकाको रहेको छ भने सबै भन्दा कम बडिमालिका नगरपालिकाको रहेको छ । बुढिनन्दा नगरपालिकाको ६ करोड २९ लाख ५२ हजार रहेको छ भने बडिमालिका नगरपालिका ९५ लाख २१ हजार मात्र रहेको छ । त्यसै गरि दोस्रोमा हिमाली गाउँपालिकामा ६ करोड २३ लाख ७ हजार रहेको छ । जगन्नाथ गाउँपालिका रहेको छ जसमा २ करोड २९ लाख ३ हजार रहेको छ । त्यस्तै गौमुल गाउँपालिकामा २ करोड ३३ लाख ९० हजार,त्रिबेणी नगरपालिकामा १ करोड ८२ लाख २५ हजार, बुढिगंगा नगरपालिकामा १ करोड ४२ लाख ४३ हजार, स्वामीकार्तिक खापर गाउँपालिकामा ४ करोड ८९ लाख ८३ हजार बेरुजु रहेको छ भने खप्तड छेडेदह गाउँपालिकामा ३ करोड १२ लाख ७८ हजार रहेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
बिनियोजीत बजेटको आधारमा सबै भन्दा बढि हिमाली गाउँपालिकामा रहेको छ । हिमाली गाउँपालिकामा जिल्लाकै सबै भन्दा बढि १३ दशमलव ०३ प्रतिशत बजेट आएको देखाएको छ भने दोस्रोमा स्वामीकार्तिक खापर गाउँपालिका रहेको छ जसमा ७ दशमलव ७८ प्रतिशत रहेको छ । सबै भन्दा कम बजेट सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा रहेको छ सो नगरपालिकामा १ दशमलव २४ प्रतिशत रहेको छ । त्यसै गरि बुढिनन्दा नगरपालिकामा ७ दशमलव १७ प्रतिशत रहेको छ । जगन्नाथ गाउँपालिकामा ४ दशमलव ७४ प्रतिशत, गौमुल गाउँपालिकामा ४ दशमलव ६२ प्रतिशत, खप्तड छेडेदह गाउँपालिकामा ४ दशमलव १३ प्रतिशत, बुढिगंगा नगरपालिकामा १ दशमलव ८७ प्रतिशत र त्रिबेणी नगरपालिकामा २ दशमलव ६६ प्रतिशत बजेट आएको छ ।

चर्चामा

सम्बन्धित समाचार