बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका १ सय ३९ विद्यालयमा अध्यायनरत बिद्यार्थीकाे घरमा खाद्यन्न बितरण

बाजुराका १ सय ३९ विद्यालयमा अध्यायनरत बिद्यार्थीकाे घरमा खाद्यन्न बितरण

  • मङ्लबार, असार २३, २०७७
बाजुराका १ सय ३९  विद्यालयमा अध्यायनरत बिद्यार्थीकाे घरमा खाद्यन्न बितरण

 

बाजुरा — बाजुरा जिल्लाका १ सय ३९ वडा बिद्यालयमा अध्यानरत बिद्यार्थीहरूकाे घरमा खाद्यन्न बितरण गरिएकाे छ । नेपाल सरकार शिक्षाका लागि खाद्य कार्यक्रमसँगको सहकार्यमा विश्व खाध कार्यक्रम र एकिकृत विकास समाज नेपालको सहजीकरणमा १ सय ३९ बिद्यालयका  १५ हजार ४ सय १ जना बिद्यार्थीहरूकाे घरमा खाद्यन्न बितरण गरिएकाे अाइडिएस नेपालका त्रिबेणी नगरपालिका संयाेजक बिर्ख रावलले जानकारी दिएका छन् ।  विद्यालय सरसफाइ कार्यक्रम र दिवा खाजा कार्यक्रम लागु भएका बाजुरा जिल्लाका ७ वटा स्थानीय तहका १ सय ३९ आधारभुत विथालयमा खाध्नन बितरण गरीएका रावलले बताए  । कार्यक्रमको उदेश्य विधार्थी भर्ना दरमा बृद्धि, नियमित हाँजिरी, विद्यालय नछोड्ने दरमा बृदि गर्नुका साथै सिकाई उपलब्धिमा बृद्धि गर्ने उदेस्का साथ संचालन भएकाे कार्यक्रम रहेकाे भए पनी काेबिट १९ काे प्रभावमा परेका साे क्षेत्रका बिद्यार्थीहरूकाे घरमा खाद्यन्न बितरण गरीएकाे उनले बताए । विधार्थीले दैनिक ८० ग्राम चामल, २० ग्राम दाल,१० ग्राम तेल र २ ग्राम नुन खाजाको रुपमा तातो आहार खाँदै आएका छन । यति बेला कोभिड १९ का कारण विधालय संचालनमा नरहेकाले उनीहरूले खाँदै गरेको खाधन्न घर लैजाने खाधन्नको रुपमा १५हजार ४सय १ विधार्थीलाई प्रति ब्याक्ति चामल ६ कि.ग्रा. , दाल १.५०० ग्रा . ५०० मि.लि . का दरले एकिकृत विकस समाज नेपालको सहजीकरणमा जनप्रतिनिधी, वि. ब्य. स , खाजा समिती , सरसफाई समिति र अन्य अभिभावको उपस्थितिमा बाजुराका १३९ वटा विद्यालयमा वितरण गरिएकाे रावलले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार