शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ५ सय ६६ जनाले जिते कोरोना, १ जना मात्रै आईसोलेशनमा

बाजुराका ५ सय ६६ जनाले जिते कोरोना, १ जना मात्रै आईसोलेशनमा

  • बिहिबार, साउन ८, २०७७
बाजुराका ५ सय ६६ जनाले जिते कोरोना, १ जना मात्रै आईसोलेशनमा

बाजुरा– बाजुरा जिल्लाका सबै कोरोना संक्रमीत निको भएर घर गएका छन । कोरोनाको संक्रमण भएका ५ सय ६६ जना निको भएर घर गइसकेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । हाल एक जना मात्र आइसोलेशनमा रहेका छन भने ५ सय ६६ जनामा कुनै संक्रमणको लक्षण नदेखीएपछी घर पठाएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जसमा २२ जनाको दोस्रो पटकको कोरोना परिक्षण निगेटिभ देखीएको र बाकी सबैलाई कोरोना परिक्षणमा पोजेटिभ देखीएको १४ दिन आइसोलेशनमा राखेको र त्यसपछि ५ दिन होम क्वारेन्टाइनमा राखेको पन्तले बताए । २१ दिन सम्म कुनै लक्षण नदेखीएपछी उनीहरु सबैलाई घर पठाएको उनले बताए । हाल बाजुरा जिल्लामा एक जना मात्रै आइसोलेशनमा रहेका बताए ।
बाजुरा जिल्लामा सबै भन्दा बढि बुढिगंगा नगरपालिकामा कोरोना संक्रमीत रहेका थिए जसमा २ सय ८३ जना रहेका थिए । त्यसै गरी त्रिबेणी नगरपालिकामा १ सय ५ जना, बडिमालिका नगरपालिका ५८ जना, खप्तड छेडेदह गाउँपालिकामा ५३ जना, बुढिनन्दा नगरपालिकामा ४३ जना, जगन्नाथ गाउँपालिकामा २ जना र स्वामीकार्तिक खापर गाउँपालिकामा २ जनामा कोरोना परिक्षणमा पोजेटिभ देखीएको थियो भने हिमाली गाउँपालिका शुन्यमा थियो । १ सय ९२ जना महिला र ३ सय ७७ पुरुषमा पोजेटिभ सबै निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी मृत्यु पछि २ जनामा पोजेटिभ देखीएको थियो । २ बर्षिया बालिकामा मृत्यु पश्चात कोरोना पोजेटिभ देखीएको र एक जना पुरुषले क्वारेन्टाइनमा हत्या गरेपछी स्वाव संकलन गरी परिक्षण गरेको र पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार