बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाले आरडिटी जाँच गरेको १४ सय शुल्क असुल्दै

बुढिनन्दा नगरपालिकाले आरडिटी जाँच गरेको १४ सय शुल्क असुल्दै

प्रजिअ भन्छन्, यसरी शुल्क लिन मिल्दैन

  • बुधबार, साउन १४, २०७७
बुढिनन्दा नगरपालिकाले आरडिटी जाँच गरेको १४ सय शुल्क असुल्दै

बाजुराको बुढिनन्दा नगरपालिकाले आरडीटी गरेको १४ सय रुपैया शुल्क अशुल गर्दै आएको छ । आफैले किट खरिद गरेको भन्दै जाँच गरे बाफत शुल्क लिने गरेको पाइएको छ ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले आरडिटि जाँच गरिरहेको छ, सो बाफत नगरपालिकाको निर्णय अनुसार शुल्क लिने गरेको पाईएको हो । जिल्लामा आउने र जिल्ला बाहिर जानेहरुको आरडिटी परिक्षणको १४ सय लिदै आएको स्थानीयले बताएका छन । सरकारका जुनसुकै तहले आरडिटी गरेको पैशा नलिने निर्णय गरेको भए पनी जिल्लाको बुढिनन्दा नगरपालिकाले भने १४ सय लिने गरेको पाईएको छ । जहाजमा आउने र जाने सर्बसाधारणका लागि अनिबार्य गरेपछी आरडिटि जाँच गरेको नगरपालिकाले पैशा असुल्दै आएको खुलेको छ ।
जुनसुकै सरकारले किनेको भए पनी पैशा लिन नमिल्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन । केही दिन अगाडी गुनासो आएको र पैशा नलिन भनेर भनिसको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताएका छन । नेपाल सकारले नै निशुल्क गरेको आरडिटी परिक्षणको पैशा कोही कसैले लिन नमिल्ने गैह्रेले बताएका छन । सरासर यो मनोमानी भएको प्रजिअले थपे ।
नगर उपप्रमुख सृष्टि रेग्मिका अनुसार स्थानीय तहले आरडिटी किट किनेका कारण पैशा लिने गरेको स्वीकार गरेकी छन । आफुले १ हजार ३ सय ५० मा भ्याट सहित खरिद गरेको र १ हजार ४ सयमा परिक्षण गरिदै आएको बताएकी छन । स्थानीय तहले लिन मिल्छ भन्ने पत्रकारको प्रश्नमा पहिला सरकारले निशुल्क दिएका कारण निशुल्कै नै गरेको र हाल स्थानीय तहले किनेर ल्याएका कारण पैशा लिने गरेको उनले बताइन । सरकार त सबै एकै होएन भन्ने प्रश्नमा उनले केही कुरा बताउन चाहिनन् र एउटै उत्तर स्वास्थ्य केन्द्रमा सोध्नु भन्ने जवाफ दिइन ।
नगरपालिकाले किनेको भए पनी पैशा नलिनुपर्ने हो, स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए । स्वास्थ्य कार्यालयबाट गएको भए यस्तो किन गरेको भन्ने अधिकार स्वास्थ्य कार्यालयको हुने थियो तर स्थानीय सरकारका आफ्नै निर्णय हुन्छ आफुले केही बोल्न नमिल्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तको भनाई रहेको छ ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले भने नगरपालिकाले लिनु भनेको हो, त्यसैले लिएको हो । जहाज नेपालगञ्ज जादा अनिवार्य आरडिटि चेक गर्नुपर्ने भएपछि आरडिटि चेक गर्नेको संख्या बढेको जैशीले वताए । लिनमिल्ने नमिल्ने थाहा भएन तर नगरपालिकाले लिन भनेपछि १४ सय लिने गरेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार