शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ५ सय ६७ जना सक्रमीत मध्य १३ जना डिस्चार्ज

बाजुराका ५ सय ६७ जना सक्रमीत मध्य १३ जना डिस्चार्ज

  • बुधबार, असार २४, २०७७
बाजुराका ५ सय ६७ जना सक्रमीत मध्य १३ जना डिस्चार्ज

बाजुरा जिल्लामा पछिल्लो समय कोरोना संक्रमीतको सख्यामा बृद्धी हुदै गएको छ । सरकारले पिसिआरको दायरा बढाए संगै बाजुरा सदुरपश्चिम प्रदेशमै संक्रमीत हुने जिल्लाकै तेस्रो जिल्लाको रुपमा देखीएको छ ।
हाल सम्म संक्रमीत देखीएका ५ सय ६७ जना मध्य १३ जना कोरोना जितेर डिस्र्चाज भएका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्थानीय तह अन्र्तगत बाजुरामा सबै भन्दा बढि बुढिगंगा नगरपालिकामा संक्रमीत बढि रहेका छन स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । हिमाली गाउँपालिकामा भने अहीलेसम्म कोरोना संक्रमितको सख्य शुन्यमा रहेको छ भने सबै भन्दा बढि बुढिगंगा नगरपालीकामा रहेका छन ।

बुढिगंगा नगरपालिकामा हालसम्म २ सय ८३ जना संक्रमीत रहेका छन जसमा १ जना कोरोना संक्रमित बालीकाको मृत्यु भइसकेको छ । त्यसै गरी दोस्रोमा त्रिबेणी नगरपालिका रहेको छ सो नगरपालिकामा १ सय ३ जना रहेका छन । सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा ५८ जना संक्रमित रहेका छन जसमा ७ जना स्वास्थ्यकर्मी रहेका छन । स्वास्थ्यकर्मी सबै निको भएर डिस्र्चाज भइसकेका छन । त्यसै गरी खप्तड छेडेदह गाउँपालिकामा ५३ जना संक्रमीत रहेका छन । बुढिनन्दा नगरपालिकामा ४३ जना,गौमुल गाउँपालिकामा १३ जना जगन्नाथ गाउँपालिकामा २ जना स्वामीकार्तिक खापर गाउँपालिकामा २ जना र हिमाली गाउँपालिकामा शुन्यमा रहेका छन् । हालसम्म जिल्ला भर १ सय ९१ जना महिला र ३ सय ७६ जना पुरुष कोरोना संक्रमीत रहेका छन् ।

१ महिला(बालिका) र एक जना पुरुषको मृत्यु भइसकेपछी कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका आइसोलेशनमा ५ सय ५२ जना संक्रमीत रहेका छन् । जसमा महिला १ सय ८७ र पुरुष ३ सय ६५ जना रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार