शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा २६ जना आइसोलेशनमा, क्वारेन्टाइनमा २ सय ९४ जना

बाजुरामा २६ जना आइसोलेशनमा, क्वारेन्टाइनमा २ सय ९४ जना

  • सोमवार, असार २९, २०७७
बाजुरामा २६ जना आइसोलेशनमा, क्वारेन्टाइनमा २ सय ९४ जना

बाजुरा — बाजुरा जिल्लामा अब २६ जना मात्र आइसोलेशनमा रहेका छन । बाजुरा जिल्लामा संक्रमीत देखीएका ५ सय ६७ जना मध्य २६ जना मात्रै आइसोलेशनमा रहेका छन भने बाकी सबै घर गइसकेका छन । हिजो सम्म २१ जना आइसोलेशनमा रहेकोमा आज थप ८ जना थपिएका छन भने ३ जना बाहिरीएका जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

आइसोलेशनमा रहेका २६ जना मध्य १५ जनाको रिर्पोट आउन बाकी रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । २ हजार ६ सय ६१ जनाको आरटी पिसिआर गरिएका मध्य २ हजार ९४ जनाको पोजेटिभ देखीएको र ५ सय ६७ जनाको रिर्पोट निगेटीभ आएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।  हाल सम्म पोजेटिभ देखीएका मध्य १ सय ९३ जना महिला र ३ सय ७४ जना पुरुषमा कोरोना पोजेटिभ देखीएको छ । त्यसै गरी एक जना बालिकामा मृत्यु पश्चात कोरोना पोजेटिभ देखीएको हो स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरि बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहका ३६ क्वारेन्टाइनमा २ सय ९४ जना रहेका छन् । जिल्लामा १ हजार ५ सय ३६ क्वारेन्टाइन मध्य हाल ३६ क्वारेन्टाइन मात्र सक्रिय रहेका छन ।

जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका मध्य आज ४० जना आज बाहिरीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिकामा १ जना, स्वामिकार्तिक खापर गाउँपालिकामा ३ जना जगन्नाथ गाउँपालिकामा ८ जना बुढिनन्दा नगरपालिकामा ८ जना बडिमालिका नगरपालिकामा ९ जना गौमुल गाउँपालिकामा ४ जना खप्तड छेडेदह गाउँपालिकामा १६ जना बुढिगंगा नगरपालिकामा १ सय २० जना र त्रिबेणी नगरपालिकामा २५ जना क्वारेन्टाइनमा रहेका स्वास्थ्य कार्यालाय बाजुराले जनाएको छ । क्वारेन्टाइनमा रहेका मध्य १ जना अपाङ्ग ४ जना जेष्ठ नागरिक, ४४ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्गमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार