बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा फलफुल रोपण बर्षको आजदेखी सुरुवात

बाजुरामा फलफुल रोपण बर्षको आजदेखी सुरुवात

  • आइतवार, साउन ४, २०७७
बाजुरामा फलफुल रोपण बर्षको आजदेखी सुरुवात

लक्ष्मीराज पाध्याय — बाजुरा जिल्लामा फलफुल राेपण बर्षको आज एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । बाजुरा जिल्लालाई फलफुलको जिल्ला बनाउने उदेस्यका साथ सो कार्यक्रमको सुभारम्भ गरिएको हो ।  जिल्ला कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा संचानन गरिएको कार्यक्रममा औपचारीक कार्यक्रम गरि फलफुल रोपण बर्षको सूरुवात गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले बताएका छन । “म रोप्छु हामी रोप्छौ सबैले फलफुल रोपौ कृर्षक पेन्शन कार्यक्रममा सहभागै बनौँ” भन्ने मुल नाराका साथ बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच सो कार्यक्रमको सुरुवात गरेका छौ सिजापतीले बताए ।
बाजुरा जिल्लामा ८० प्रतिशत जमिन फलफुलका लागि उपयुक्त रहेकोले यस क्षेत्रमा लगानी गर्ने उदेस्यका साथ सो कार्यक्रमको सुरुवात गरिएको जिल्ला कृषि ज्ञान केज्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताए । सो कार्यक्रमबाट कोबिट १९ बाट स्वदेशी तथा बैदेशीक रोजगार गुमाएका हरुका लागि पनी रोजगार हुने र बाजुरा जिल्लालाई फलफुलको पकेट क्षेत्र बनाउने उदेस्यका साथ सो कार्यक्रम आगामी बर्षहरुमा निरन्तरता दिने मिन प्रसाद जैशीले बताए ।


जिल्ला स्थित सदरमुकाम मार्तडीमा कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक बर्ष २०७६/२०७७ को बार्षिक समिक्षा गोष्ठी पनी सम्पन्न भएको छ । गत आर्थिक बर्षको प्रगती समिक्षा तथा आगमी बर्षमा हुने कार्यक्रमको बारेमा समिक्षा गोष्ठीको आयोजना गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिति जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए । त्यस्तै बिषिष्ठ अतिथीमा बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल र प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रै रहेका थिए भने अतिथिमा बाजुरा जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख प्रतिनीधी बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको समेत उपस्थित रहेका थिए । सो कार्यक्रम जिल्लाका नौ ओटै स्थानीय तहका कृषि शाखाका प्रमुख हरुको समेत सहभागीता रहेको कार्यक्रमको संचालन जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले गरेका थिय ।

चर्चामा

सम्बन्धित समाचार