बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दामा टोल टोलमा पुगेर पढाई शुरु

बुढिनन्दामा टोल टोलमा पुगेर पढाई शुरु

  • आइतवार, असार २१, २०७७
बुढिनन्दामा टोल टोलमा पुगेर पढाई शुरु

लक्ष्मीराज पाध्याय–कोरोना भाइरसका कारणले चैत महिना देखि पठनपाठन ठप्प भएको छ । बिद्यालय बन्द हुँदा पठनपाठनमा थप्प हुनुका साथै बिद्यार्थीको पढाइ समेत अन्योल भएको छ । शिक्षण कार्यलाई नियमित गर्न शहरका बिद्यालयले अनलाईन कक्षा सञ्चालन गरेका छन् । तर बाजुराको एक बिद्यालयले टोल टोलमा पुगेर पढाई शुरु गरेका छन् ।

बुढिनन्दा नगरपालिका २ कोल्टिमा रहेको बुढिनन्दा आधारभुक्त बिद्यालय टोलमा गएर पढाई शुरु गरेको बिद्यालयका प्रअ बिरजन शाहिले बताएका छन् । लामो समयको लकडाउनले बिद्यालय सञ्चालनमा आउन नसकेका कारण बिद्यार्थीको सिकाइमा निरन्तरता दिनका लागि टोल टोलमा गएर पढाई शुरु गरेको प्रअ शाहिले वताएका छन् । असार २ गते बिद्यार्थीलाई बिद्यालयले पाठयपुस्तक बितरण गरेको थियो । कक्षा १ देखी ५ सम्म सञ्चालन भएको बिद्यालयमा १ सय ६५ जना बिद्यार्थी यो बर्ष भर्ना भएर पाठयपुस्तक बितरण गरेको बिद्यालयले जनाएको छ । बिद्यालयमा ७ जना शिक्षक र १ जना १२ पास भएका परिचर रहेका छन् ।

८ जनालाई नै टोलमा परिचालन गरेर पढाई शुरु गरेको छ । बिद्यालयमा पढन आउने बिद्यार्थीका ८ वटा बस्ति रहेका छन् । प्रत्येक बस्तीमा एक एकजना शिक्षक पुगेर सहजिकरण तथा पढाई शुरु गरेको बिद्यालयले जनाएको छ । पहिलो चरणमा अभिभाबक सहित भेला गराएर अहिले कोभिड र बिद्यार्थीको पढाइका बारेमा सहजिकरण गर्ने रहेको राजेन्द्र नाथले वताएका छन् । वालविकास केन्द्र देखी ५ कक्षा सम्मका बिद्यार्थीलाई सामाजिक दुरी कायम गराएर पढाई शुरु गरिएको छ । बिद्यालयले शिक्षकहरुको बैठकले टोल टोलमा गएर बिद्यार्थीलाई पढाउने निर्णय गरेका थिए ।

सरहरु आएर बिद्यार्थीको अबस्थाका बारेमा जानकारीका साथै सहजिकरण गर्ने रहेको अभिभाबक मदन रोकायाले वताएका छन् । पहिलो चरणमा टोलमा अनुगमन तथा बिद्यार्थीको अबस्थाको बारेमा जानकारी गर्ने, सिकाइमा सहजिकरण अफ्ठयारोमा सहयोग गर्ने रहेको छ । त्यस्तै कोभिड १९ ले पारेको संकटका बेला मनोसामाजिक बिमर्ष दिने रहेको शिक्षकले वताएका छन् ।

टोलमा पुगेर पढाइ सँगै लेखनशिप, कला हात धुने तरिका, सरसफाई आत्माबल बढाउने सम्बन्धि जानकारी गर्ने रहेको बिद्यालयले जनाएको छ । शिक्षक नै टोलमा पुगेर बिद्यार्थीलाई खोजेर पढाई सँगै सामाजिक ज्ञान दिदा बिद्यार्थीको सिकाइमा सहयोग भएको अभिभाबकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार