शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • डिउटीमै कुटिए काेल्टि प्राथमिक स्वास्थ्य केन्द्रका अहेब गिरि

डिउटीमै कुटिए काेल्टि प्राथमिक स्वास्थ्य केन्द्रका अहेब गिरि

कुटपिट बाट गिरीको दाँया हात भाचियो

  • सोमवार, साउन १२, २०७७
डिउटीमै कुटिए काेल्टि प्राथमिक स्वास्थ्य केन्द्रका अहेब गिरि
फाइल फाेटाे

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरी माथि आक्रमण भएको छ । आइतवार राति डिउटीमा रहेका बेला स्थानिय युवारुको कुटाइ बाट गम्भिर घाइते भएका छन् ।
राति डिउटीमा रहेको बेला चेकजाँच छ भनेर गिरी भएको ठाँउमा आएर उनि माथि आक्रमण भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले वताएका छन् । गिरीको दाँया हात भाच्एिको उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको जैशीले वताएका छन् । राति साढे ११ बजे बुढिनन्दा नगरपालिका ६ केसर भाट सहितको टोलिले उनि माथि सांघातिक आक्रमण गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
गिरी माथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम मार्तडी ल्याउदै गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रबक्ता दान बहादुर रोकायाले वताएका छन् । केही दिन पहिला मात्र डा. राजुराज जैशी माथि पनि डिउटीमा रहेको बेला दुब्र्यवहार भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार