सोमवार, बैशाख १७, २०८१

केकोलागि लडाई?

  • शनिबार, असार १९, २०७८
केकोलागि लडाई?

सुरेशकुमार पान्डे — प्रत्येक ब्याक्ति स्वतन्त्र हुन्छ,संगठन गर्न राजनीति गर्न कसैले कसैलाई बान्ने भनेको बिचारलेहो शाङ्गलाले बान्ने होईन।आउनेलाई स्वागतछ जानेलाई पनि ढोका खुल्लैछ।
तर संगठनको अनुसाशन बिपरित काम गरेर हामि संगठनकाहौँ भन्दा अलि हाँशो लगाउँनुहुन्छ साथिहरुले।त्यसो भन्न अलि सौँउदैन।
सबैलाई थाहा हुनुपर्छ जुन घरमा हामि बसेकाछौँ त्यो घर भित्काउँनु हुँदैन।यदी कसैलाई आस्थानै छैन भने त्यो छाडेर जान कसैले रोक्न सक्दैन तर आस्था भएको मानिशले त्यो घरको खोईरो खन्न खोज्दैनन।
एउटा जीवीत संगठनमा मत मतान्तर हुन्छ बिभिन्न खालका मतहरु आउँछन छलफल हुन्छ अनि टुङ्गिन्छ।हामिलाई लाग्छ समाजलाई यसोगरे समाजको बिकाश हुन्छ तर बहुमतले हाम्रो बिचारलाई मानेन त्यो अबस्थामा पारित भएको बिचारलाई हामि सबैले कार्यान्वयन गर्नुपर्छ।त्यो आफुले राखेको बिचारलाई ठिक लागेको छ भने त्यो बिचार आर्को मिटिङमा राख्न सकिन्छ।समाजिक प्रकृया यहिनैहो।आफुलाई ठिक लागेको बिचार लागु भैन भने संगठनकोनै खैरो खन्ने प्रकृयालाई कुनैहालतमा पनि सहि भनेर भन्न सकिदैन।
जनवादी केन्द्रियताको पद्धति अनुसार समाजिक अनुसाशन हुनैपर्छ।हामिले जुनसुकै संगठन बनाएपनि त्यो अनुसाशन बिना बलियो हुनसक्दैन।अनुसाशन संगठनको रिढहो,जनवादी केन्त्रियतालाई फल्लो गरेर मात्र हामिले संगठनको बिकाश गर्न सक्छौँ।
आफुलाई लागेका तमाम बिचारलाई सम्बन्धित ठाउँमा पोख्नु भनेको आफ्नो जनवादि अधिकारहो हामिले सम्बन्धित ठाउमा त्यो प्रयोग गर्छौँ।केन्द्रियता भनेको सम्बन्धित निकाले पारित गरेर कार्वान्वयनको लागि दिएको जिम्मालाई हामिले केन्द्रियता भन्न सक्छौँ।यहि संगठनको पद्धतिहो अनुसाशन,गोपनेता,र जनवादि केन्द्रियता यिनैमा उभ्भिएको हुन्छ बिशाल संगठन पार्टी।
हाम्रो संगठन सन१९७९देखि लगातार यहि पद्धति अनुसार अगाडि बढेर अहिले चारदसक पार गर्न सफल भएकोछ।यो द्वौरानमा कयौँ पटक संगठानिक लोगो लाई आफुतिर तान्ने कयौँले दुशसहाश गरेता पनि उनिहरु सफल भएनन हुन सकेनन।कुनै संगठनको लोगो लाई झण्डालाई, त्यसको मुखपत्रलाई यँहा सम्म रजिस्टेशशन समेतलाई खोस्न जति सजिलो हुन्छ त्यो भन्दा धेरै अप्ठारो हुन्छ संगठनको प्रोपटी लाई जोगाएर राख्न।संगठनको सम्पत्ति भन्नाले आर्थिक मात्रै आउँदैन संगठनको अनुसाशन पनि आउँछ।
अहिले बिगतका कयौँ साथिहरुले संगठनलाई जसरी तान्ने गरे वा संगठन बाट पतन भए क्षाणिक रुपमा भएपनि संगठनलाई क्षत्ति पुराए।अहिले पनि उस्तै प्रकारले साथिहरुले समान्तरका संगठनलाई सञ्चालन गरेर त्यहि प्रकारका काम गर्दै आउँनु भएकोछ।
मैले यँहाहरुको एकता समाजमा योगदान छँदैछैन भन्न खोजेको होईन।एकता समाजको बिकाश गर्ने क्रममा सन१९७९देखि यता जो जति कार्याक्रता नेताहरु संगठित भएर जो-जतिदिन सम्म संगठनमा रहनुभयो उँहाहरु सबैको संगठनको बिकिशमा ठुलो योगदानछ।फुटेर गएका साथिहरुले पनि संगठनलाई आफु बस्दासम्म यहि अनुसाशनको सिमाभित्र रहेर सहयोग गरेका थिए।ति सबै साथिहरु सँग हाम्रो सानुभुतिछ।तर कम्तिमा आफु बसेको घरलाई यसरि बद्नाम गरेर बस्न खोजेको जस्तो गर्नु आकाश तिर फर्केर थुक्न खोज्नुनैहो।
पार्टी संगठनमा जस्ले जति योगदान दिनसक्छ त्यो त्यहिबेला सम्मको लागि सम्मानिय हुन्छ।त्यसपछि कसैले संगठनलाई भत्काउँन खोज्छ भने पनि त्यो हाम्रो लागि सम्मानिय रहने कुरा हुँदैन।उँहाहरुले आफु बसेको बेला ठुलै काम गरेकै भयपनि अहिले उहाँहरुले संगठनको अनुसाशनको बिपरित काम गर्दा हामिले उनिहरुको भण्डाफोर्डमा उत्रिनैपर्ने हुन्छ किन भने हामिले आफ्नो संगठनलाई जोगाउँनुपर्छ।
संगठन नीति नियम र पद्धतिले चलेका हुन्छन।साथिहरु लामू समय सम्म संगठनको जिम्मेवारी पदहरुमा बसेर काम गरेका भएपनि संगठनको अनुशासनको बारेमा अञ्जान हुनुहुन्छ वा उँहाहरुले जानेर पनि नजानेको जस्तो गर्न खोज्नु भयो।जे भएपनि आफु बसेको घर कसैले पनि भित्काउँन खोज्दैनन।
आखिर हामिहरुको लडाई केका लागिहो?हामिले शंघर्षको सँग गर्नेहो?अहिले आफ्नै संगठनलाई नोक्सान पुराएर कस्लाई फाईदा पुराउँन थाल्नुभयो?यो सबै कुराको उत्तर खोज्नै पर्छ।
अहिले हामि एउटै बर्गका एउटै शन्तानका ब्याक्तिहरु आपसमा लडेर दुश्मनलाई खुसि पर्न थालेकाछौँ।
साथिहरु हामिले देश जोगाउँनका लागि ससैखाले देशभक्त सँग एकता गरेर जानुपर्छ।अहिले देशमा ईतिहाशको सबैभन्दा अप्ठारो घुम्ति आएकोबेलामा पनि हामि लडेर कस्लाई तमासा देखाउँने त्यो सबैकुरामा ध्यान केन्द्रित गरौँ।

चर्चामा

सम्बन्धित समाचार