शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बुहारी अब फसिने पो हो कि !

बुहारी अब फसिने पो हो कि !

  • शुक्रबार, माघ १९, २०८०
बुहारी अब फसिने पो हो कि !

कविता —भाइ बिदेशमा हुनुहुन्छ
दाइ घरतिरको ख्याल
गर्नु है भन्दैथियो
अब दुई बर्ष मात्रै बाकी
छ” भन्दै दिन गन्दै थियो!
बुहारीलाई एउटा मोबाइल
ल्याइदिनु भनेर मलाइ
पैसा पठाइदिएको पनि थियो!
त्यो पैसा त तिमी र म डान्स बारमा
एकैदिन सकेर आयौँ है,
रक्सिपनी खायौँ है!
हामी तिर नजर लाए जस्तो छ,
गाउँलेहरुले सबै थाहा पाए जस्तो छ!
बुहारि मलाइ के हुन्छ यस्तो?
तिमिलाइ देखेपछी हेरिरहुँ लाग्छ,
“जेठाजु लाई त छुनु नि हुन्न भन्छ्न्”
तर तिमिलाइ नै अंगालोमा
बेरिरहुँ जस्तो लाग्छ!

बुहारी अस्ति तिमी र म
पार्कमा फोटो खिच्दै गर्दा खेरी
हाम्रै गाउँको एउटा
मान्छेले देखेको रहेछ!
दुबै जेठाजु बुहारी
पार्कमा सँगै बसेर कुरा गर्दै
सेल्फी खिच्दै थिए भनेर
भाइलाइ मेसेज लेखेको रहेछ!
भाइले मेरो फौन उठाउनु नै छोड्यो
भाइलाइ त्यो झुटो हो भनेर भन है !
बुहारी भाइसँग कुरा भयो भने”
खै फौनपनि उठाउनु हुन्छ कि नाइ
उठाए त हुन्थ्यो!
बुवाआमा तिर्थ जानू भएको बेला
हामी राती सँगै एउटै रुममा सुतेका थियौँ है,
त्यो कुरा कहिँबाट भाइले थाहा न पाए त हुन्थ्यो!

गाउँलेले पनि धेरै कुरा हाम्रो बारेमा
थाहा पाइसकेका रहेछन्,
ठाउँ ठाउँमा कुराकानी गर्दा रहेछ्न्!
काम केही गर्न मन नै लाग्दैन
मनमा यस्तै तनाव लिएको छु,
अब के हुन्छ हुन्छ बुहारी ?
मत सारै आत्तिएको छु!
भाइ घर आएपछी
तिमिलाइ डिभोर्स दिने पो हो कि,
बुहारी अब फसिने पो हो कि!

पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी

चर्चामा

सम्बन्धित समाचार