शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” मा दुई शव्द

“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” मा दुई शव्द

  • बिहिबार, फाल्गुन २४, २०८०
“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी”  मा दुई शव्द

अन्तराष्ट्रिय महिला दिवस मनाउन कसरी सुरु भयो ?
विश्वका विभिन्न देशहरुमा विभिन्न प्रकारका युद्ध, हिंसा, र नीतिगत परिर्वतनको बीच आफ्नो अधिकारको लडाई लडिरहेका छन् । अफगानिस्तानमा तालिवान सत्तामा फर्किएपछि मानव अधिकारको क्षेत्रमा प्रगती नहुनु, महिला र किशोरकिशारीहरु उच्च शिक्षा लिनबाट बञ्चित हुनु, महिलालाई घर बाहिर काम गर्न र लामो दुरीको यात्रा गर्न प्रतिवन्ध, महिलाको पुरै अनुहार छोप्ने, तालिवानले आदेश दिएका थिए । यसैगरी इरानमा सार्वजनिक ठाँउमा २२ वर्षकी महसा अमिनीले टाउकोमा सल नवेरेको आरोपमा मृत्युदण्डको विरोध प्रदशनी गरेका थिए भने १३ सेप्टेम्वर २०२२ मोरालिटि प्रहरीले महसालाई गिरफ्तार नै गरेका थिए । क्लरा जेटकिन नामकी एक महिलाले सन १९१० अन्तराष्ट्रिय महिला दिवसको जग बसालेका थिए ।

अन्तराष्ट्रिय महिला दिवस श्रमीक आन्दोलनबाट सुरुवात भएकोले यसैलाई संयुक्त राष्ट्रसंघले वार्षिक उत्सवको रुपमा मान्यता दिएको थियो । सन १९०८ मा यस दिनलाई विशेष दिनका रुपमा मनाउन न्युर्योकमा अथार्त ११५ वर्ष अघि करिव १५ हजार महिलाले परेड निकाल्दा सुरु भएको थियो । महिलाको कामको समय घटाउनु पर्ने, तलब बढाउनु पर्ने, र मताधिकारको अधिकार पाउनुपर्ने लगाएतका विषयमा वकालत, बहस र पैरवी गरेका थिए भने त्यसको १ वर्ष पछि अमेरीकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषण गरी यसैलाई अन्तराष्ट्रिय विचारका रुपमा क्लरा जेटकिन नामकी महिलाले प्रस्फुटन गर्नु भएको थियो । उनि महिला अधिकारका लागि पहुँच हुने ठाँउमा आवाज उठाउने गर्थिन् यसै क्रममा सन १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा भएको १७ देशका १०० महिला सहभागी भएको श्रमिक महिलाको अन्तराष्ट्रिय सम्मेलन लाखौ

सख्यामा उपस्थित भएका महिला पुरुष सहभागी भएको कार्यक्रममा अन्तराष्ट्रिय महिला दिवस मनाउने सुझाव दिदा क्लराको सुझावलाई सवैले स्वीकार गरेका थिए । फलस्वरुपः पहिलो अन्तराष्ट्रिय महिला दिवस सन १९११ जर्मनी, डेनमार्क, अस्ट्रिया र स्विजरल्याण्डमा मनाएको थियो यसैलाई स्थायित्व दिदै यस वर्ष २०८० फागुन २५ गते तद अनुसार ८ मार्च २०२४ तारिकका दिन पनि विश्वभरी नै ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदै छौ ।
अन्तराष्ट्रिय महिला दिवस किन ?
दिवस मनाउने सन्दर्भमा क्लराको मन र मष्तिस्कमा कुनै पनि मिति तय थिएन् । रोटी र शान्तिको माग गर्दै सन १९१७ मा रुसका महिलाहरुले जारको साशन विरुद्ध हडताल गरेपछि अन्तराष्ट्रिय महिला दिवस मनाउने निणर्य भएको थियो जसका कारण जार निकोलस द्धितियले आफ्नो सिंहासन छोड्नु परेको थियो । जसका कारण बनेका अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दिएको थियो । अन्तराष्ट्रिय महिला दिवस विशेष गरी बैजनी रङले चिनिन्छ किन कि यस रङलाई न्याय र सम्मानको प्रतीक मानिन्छ । बैजनी, हरियो र सेतो अन्तराष्ट्रिय महिला दिवसका रङका रुपमा चिनिदै आएको पाईन्छ । बैजनी रङ न्याय र सम्मानको प्रतीक हो, हरियो रङले आशा जनाउछ र सेतो रङले शुद्धतालाई जनाउछ । यी रङहरुका विषयमा विवाद हुदा महिला अधिकारकर्मीहरु भन्नुहुन्छ सन १९०८ मा बेलायतमा महिला सामाजिक तथा राजनैतीक संघ (WSPU) बाट सुरु भएको हो ।
के अन्तराष्ट्रिय पुरुष दिवस पनि छ ?
अन्तराष्ट्रिय पुरुष दिवस पनि मनाईन्छ जुन प्रत्येक वर्षको १९ नोवेम्वरमा । यो दिवस सन १९१० के दशकमा अन्तराष्ट्रिय पुरुष दिवस मनाउन थालिए पनि यसलाई संयुक्त राष्ट्रसंघले मान्यता दिन सकेको छैन् । बेलायत लगाएत विश्वका ८० भन्दा बढि देशहरुले अन्तराष्ट्रिय पुरुष दिवस मनाउदै आएको पाईन्छ । पुरुष दिवसमा पुरुषहरुले आफ्नो परिवार र समुदायमा योगदान पुर्याउने सकारात्मक मूल्यको योगदानको रुपमा मनाउने गरिन्छ । यसको उद्धेश्य पुरुषको सकारात्मक रोलमोडेलका विषयमा विश्वलाई चिनाउनु पुरुषको उत्थानका लागि जागरुपता फैलाउनुका साथै महिला र पुरुष विचको आपसी सम्वन्ध सुधार्नको लागि पनि पुरुष दिवस मनाउने गरिन्छ ।
महिला दिवस आवश्यक र महत्व ?
विश्व जगतमा ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरुका बिच आयोजना गरी धुमधामका साथ विभिन्न सरोकारवालाहरुको समन्वय र सहकार्यमा मनाईन्छ । २०७८ सालको नेपालको राष्ट्रिय जनगणना अनुसार नेपालमा पुरुषको भन्दा करिव ४ प्रतिशतले महिलाको जनसंख्या बढि रहेको पाईएता पनि महिलाहरुको राजनैतिक, आर्थिक, सामाजिक, भौगोलिक लगाएत हरेक क्षेत्रमा अर्थपुणर् सहभागीता भएको पाईदैन । १०४ वर्ष भन्दा पहिला विश्वको कुनै पनि समाजमा मानव अधिकारको नाममा मतदान गर्न समेत महिलालाई अधिकार दिएको थिएन । पहिले न्युजीलैण्ड र बेलायत दुई देश बाहेक महिलालाई मताधिकार दिएको थिएन । अहिले आएर विश्वका केहि देश बाहेक सम्पुणर् देशहरुमा विभिन्न प्रकारका अधिकारहरु प्रत्याभुती गरेको छ ।

मन, वचन, कर्म र भावनाहरुको एक प्रगाढ आत्मविश्वास भयो भने मात्र संकल्प सहितको अधिकार लिन सकिन्छ तसर्थ राज्यले निर्धारण गरिएको अधिकार व्यक्ति र संगठनमा समायोजन गर्न स्यम व्यक्ति तत्पर हुनु पर्छ न कि कसैको साहार, अग्रसरता र पुलले मात्र सम्भव हुन्छ । भनिन्छ समाज बदल्न चाहानुहुन्छ भने पहिला सकारात्मक तौर तरिकाले आफु बदलिएर देखाउ अनि मात्र अन्य कुरा सम्भव छ भन्ने उखान नै काफी छ ।

दविएका आवाजलाई बुलन्दन गर्न, विभिन्न हिंसात्मक तरिकाले देशमा घटिरहेका अकल्पनिय घट्नाहरुलाई प्रतिकार गरी रोकथाम गर्न, आत्मनिर्भर बन्न, घर जग्गा सहितको महिलाको नामको पहिचान खुलाउन, छोराछोरीलाई आमाको नामबाट नागरीता दिलाउन, समान कामको असमान ज्याला रोकथाम लगाई नेपाल सरकारले बनाएको कानुनलाई स्वीकार गर्ने गरी समान ज्याला दिलाउन, महिलाको हक अधिकार सुनिश्चित गर्न, महिलाको नामको पहिचान गर्ने लगाएतका विषयमा सामाजिक सञ्चार माध्यम र सञ्जाल प्रयोगकर्ताद्धारा समान अनि समानताका आधारमा पुरुषको अर्थपुणर् स्वीकार्यता अपरिहार्य गहनामा गनिन पुग्दछ र अति नै आवश्यकता पनि रहन्छ ।

फलस्वरुप सकारात्मक महिलाका कथाहरु, खानालाई आशुसरी दालको साहारका रुपमा खाईरहेका गरिब, विपन्न, सिमान्कृत महिला, यौनिक तथा अल्पसंख्यक महिला, अपांगता भएका महिला, आफ्नो पहिचान नै खुलाउन नसक्ने महिलाहरुलाई आत्मनिर्भर बनाउन, स्व परिचालिन हुन सक्ने क्षमतावान नागरिक स्थापित गर्न राज्यद्धारा निर्धारण गरेका विभिन्न कानुलाई सिरोपर गरी वर्तमान समयमा महिलामा लगानी गरी आत्मनिर्भर बनाउन आजको आवश्यकता रहेको छ ।

भनिन्छ एउटा घरमा मालिक र दासी नभई जीवन साथी हुन्छ अनि मात्र सच्चा प्रेमको बास हुन्छ त्यो घर नै स्वर्ग हुन्छ सभ्य र असल परिवार भित्रका अवयवहरुले असल परिवार हुन्छ असल परिवार मिलेर सुन्दर समाज निर्माण हुन्छ भन्ने तात्पर्यका साथ महिला दिवस मनाउनको लागि महिलामा लगानी गरी सभ्य र समुन्नत समाजको थालनी हुन्छ भन्ने नारालाई व्यवाहारमा उतार्न सवैले सिरोपर गारौ र लागौ ।

पहिलेको तुलनामा भन्दा केहि सम्पुणर् पक्षमा परिर्वतन भएता पनि अझै नि नेपालको जनगणना २०७८ का अनुसार महिलाके जनसख्या १४,९०१,१६९ (५१.०५%) र पुरुषको जनसख्या १४,२९१,३११ (४८.९५%) गरी जम्मा जनसख्याः २९,१९२,४८० रहेको छ त्यस अनुरुप महिलाको सख्याको हिसावले मात्र नभई राजर्नैनिक, आर्थिक, सामाजिक, शैक्षिक लगाएतका क्षेत्रमा बरावर र अर्थपुणर् सहभागीता हुनको लागि महिलामा राज्यले लगानी गरी आत्मनिर्भर बनाउनु नितान्त आवश्यकता देखिन्छ ।

थप महिला दिवसको महत्वको विषयमा मलाई नि सम्पुणर् मनहरुमा बाँडन मन लाग्यो । म महिला भएकोमा गर्भ गर्छु, म कसैको छोरी, दिदी, बहिनी, पत्नी हुदै आज आमा हुने मौका पाएको छु यहि नै मेरा लागि गर्भको कुरा हो विश्वमा महिला नहुने हो भने संसार चल्दैन् । मानव जातीको जननी नै नारी हुन फेरी पनि यस समाजमा पुरुषको बराबर ईज्जत, सम्मान, पहिचान, अर्थपुणर् सहभागीता पुरुष बराबर हुदैन् । अग्रज महिला कर्मि दिदी, बहिनी, आमाहरु, अधिकारका विषयम लडाई लड्दै आए फलस्वरुप पहिलेको भन्दा अहिले धेरै अगाडी बढ्ने आट गरेका छन् । तसथै अझै पनि महिलाहरुको समाजिक, राजनैतीक, शैक्षिक र लैगिंक समानता तथा सामजिक समावेशिकरणका दृष्टिकोणका क्षेत्रमा भने विकास गरी आत्मनिर्भर बनाउन अझै पनि यस महिला दिवसलाई निरन्तरता दिदै जानुपर्छ । जनसख्याको हिसावमा आधा आकाश भन्दा बढि ढाकेका महिलालाई घर, समाज र राष्ट्र निर्माणको हरेक कृयाकलापमा जबसम्म पुरुष सरह अवसर पाउदैन तवसम्म देशमा चाहे अनुसारको विकास हुन सक्दैन ।

एउटा असल घरले समाज, समाजले बलियो राष्ट्र निर्माण हुन्छ त्यसका लागि घरको जग बलियो हुन आवश्यक छ । आमा नै मानिसको जीवनको जग हो । यसका लागि महिलाले अथक लडाई लड्नु पर्दो रहेछ यो कुरा इतिहासको लडाईले अवगत गराएको छ । जसका कारण महिलाको व्यक्तित्व विकाससँगै अधिकारका लागि बोल्न पाई राजर्नैनिक, आर्थिक, सामाजिक, शैक्षिक, लैगिंक रुपमा अर्थपुणर् सहभागीताको लागि, विज्ञानका लागि, सचेतनाका लागि, सम्मानका लागि, आत्मनिर्भरताका लागि यो दिवसको आवश्यकता महत्वपुणर् रहेको छ ।

वर्तमान सन्दर्भलाई केलाउदै गर्दा अन्तराष्ट्रिय महिला दिवस राजनीतिक, सामाजिक, आर्थिक, लैगिंक क्षेत्रमा महिलाको पहँच र नियन्त्रण, अर्थपुणर् सहभागीता हुनुका साथै महिलाको प्रगती देखाउने अनि मनाउने दिवसको दिनका रुपमा लिईन्छ अझै पनि पछाडीको कारण के हो भने राजनीतिक रुपमा महिला र पुरुष बिचको असमानता, पहँच मात्र, नियन्त्रणमा शुन्यता, महिला अर्थपुणर् सहभागीता र निणर्यमा शुन्यतको विषयमा चेतना फैलाउनु हो, वर्तमान समयमा विभिन्न प्रकारका हिंसात्मक कुर्कमले नावालिकाहरुले अकालमै ज्यान गुमाउनु परेका अवस्था छ । दोषीको वास्तविक छानविन गरी दोषि उपर मृत्युदण्डको सजाय दिने कानुनी निर्माण गर्न सरकारलाई दवाव सृजना गर्ने, लगाएतका सवालमा निरन्तर पैरवी गर्न यस दिवसको आवश्यक छ ।

तसर्थ नेपालको संविधानले प्रत्याभूती गरेका हरेक मौलिक हक अधिकार तथा कानुनले महिला क्षेत्रमा परिवार संचालन देखी राज्य संचालनको हरेक तहमा समता, समानता अवसर, सहभागीताको प्रतिनिधित्व र अवसर सुनिश्चित गरेता पनि लागु भएको छैन सवैमा प्रचार प्रसार गरी पुणर् रुपमा लागु गर्नको लागि महिला दिवसको आवश्यकता र महत्व रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार