शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • दौडधुप र बहस यतातिर पनि केन्द्रित गरौं 

दौडधुप र बहस यतातिर पनि केन्द्रित गरौं 

  • बुधबार, फाल्गुन २, २०८०
दौडधुप र बहस यतातिर पनि केन्द्रित गरौं 

विकास समानान्तर गतिमा भईरहेको हुँदैन । लक्ष्य प्राप्तिमा उतार चढाव नियमित प्रक्रिया हो तर सार्वजनिक महत्वका योजनाको अवस्था, अनुगमन, समन्वय, संभव असंभवका पाटाहरुको जानकारी र उक्त योजनाहरु बृहत्तर हितमा हुने हुंदा संभव गराउन पहल गर्ने दायित्व चुनिएकाहरुले गर्नुपर्ने हुन्छ । लामो समय देखि चर्चामा रहेका योजनाहरुको सफल कार्यान्वयनका लागि जिम्मेवार सबैले दबाब दिउ, सार्वजनिक वहस र सबै पहल गरौं ।

१. नेपाल जलविधुत क्षेत्रको ताजको हिरा (ज्वेल ईन्द क्राउन) भनिएको माथिल्लो कर्णाली १४० मिटरको ड्रपमा ४१८० मेगावाट उर्जा उत्पादन गर्ने क्षमता भएको कुरा विज्ञको दावी छ । २.२ किमी सुरुङ मार्ग छिचोलेर २०६५ मा जिएआर कम्पनीसंग सरकारले सहमति पत्रमा हस्ताक्षर गऱ्यो र २०७१ मा ९०० मेवा उर्जा विस २०८० सम्ममा उत्पादन गरी सक्ने गरी आयोजना निर्माण सम्झौता भएको १० बर्ष भएछ । अझै जिएआरले लगानी जुटाउन नसक्दा निर्माण अन्यौलमा छ । ११६ अर्ब लगानी तय भएको आयोजनाले ३००० प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, १०८ मेवा सरकारलाई नि:शलक दिने र २५ बर्षमा ४३१ अर्बलाभ दिई चालु अवस्थामा सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ । यस आयोजनामा भईरहेको ढिलाई दुरगामी रूपमा पर्ने फाइदा र वेफाइदाका विभिन्न पाटामा अध्ययन गरी नेपाल र अछामीलाई फाइदा पुग्ने गरी भूमिका निर्वाह गरौ ।
२. वि.स. २०४२ सालबाट चर्चा थालिएको सेती लोक मार्ग कैलालीको टीकापुरदेखि बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको (ताक्लाकोट) सीमा नाकासम्म ३ सय ५९ किलोमिटर छ । साफेबगर बगरसम्म कैलालीबाट हालको २७० किमीको आधा हुनेछ । सडक मार्गमा पर्ने रुख कटान र अन्य विवादका कारण बजेट फ्रिज जाने र सरकारको प्राथमिकतामा नपर्दा आब २०६६/६७ बाट थालिएको योजना सुस्त गतिमा छ । सडक क्षेत्रमा पर्ने रुख कटानको वन मन्त्रालयको आदेशको पत्र पोष्ट्याउने काम मात्र होइन निर्माण कार्यको अनुगमन र यथोचित बजेटका लागि दौडधुप र समय खर्चिन आवश्यक छ ।

३. २०५२ सालबाटै चर्चामा रहेको २० मेवा क्षमताको बुढीगंगा जल विधुत आयोजना सम्पन्न भईसक्नु पर्ने भए पनि पटक पटकको ठेक्का प्रक्रिया रद्द भएका कारण निर्माणमा ढिलाई भइरहेको छ । यसपटक डिसेम्बर २०२३ मा संभावित निर्माण कर्तालाई सम्झौता आशय पत्रका लागि आव्हान गरिएको छ । आशा गरौं बुढीगंगा छिटो निर्माण होस । निर्माणक्रममा आउने समस्या र व्यवधानलाई सुल्झाउनमा अछामीले सहयोग गर्नुपर्ने हुन्छ र यतातिर पनि निमिति ध्यान र आवश्यक समन्वय र ध्यान केन्द्रित गर्नु पर्ने हुन्छ ।

४. बार्षिक १ लाखलाई नि: शुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिई रहेको बयालपाटा अस्पताललाई प्रादेशिक अस्पताल बनाउनमा सम्पूर्ण क्षमता लगाउ । सुदूर पश्चिम प्रदेश सरकारले गर्ने भनेको लगानी सम्मेलनमा यदि नीजि तथा सार्वजनिक साझेदारीमा संचालन गर्ने हो भने पनि यो आयोजनालाई स्थान दिउ, यसका बहुपक्षिय पाटाका छलफल गरौं र निष्कर्षमा पुगौं ।

आउनुहोस, विकासलाई सबैको विशुद्ध साझा योजना बनाउ । के भईसकेको छ ? के गर्न बाँकी छ ? के भयो भने काम हुन्छ र संभव छ ? क-कसको सहयोग योगदान आवश्यक छ समन्वय गर्न नभुलौं । विकास संभव छ , सबै साथै जुटौं ।

चर्चामा

सम्बन्धित समाचार