बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • फिचर
  • महिला हिसांको पहिलो रुप यौंन हिसां, असर जनसंख्या बृद्धिमा

महिला हिसांको पहिलो रुप यौंन हिसां, असर जनसंख्या बृद्धिमा

  • शुक्रबार, असार २६, २०७७
महिला हिसांको पहिलो रुप यौंन हिसां, असर जनसंख्या बृद्धिमा

महिला माथि हुने शारिरीक, मानसिक, आर्थिक हिसांलाई प्रशय दिने र यि यस्तै हिसांलाई बढाउने अर्को हिसां यौंन हिसां हो । महिला माथि जति हिसां भईराखेका छन्, सबै हिसा हुनुुभन्दा पहिले उनीमाथि यौंन हिसांका कुरा जोडिएका हुन्छन् । विवाहित महिला होस् या अविवाहित किशोरी । उनीहरुमा काँही कतैबाट केही दुव्र्यवहार हुदैछ भने त्यहाँ पहिला यौन षोशणका कुराबाटै सुरुवाती हुन्छ ।

सदरमुकाम मार्तडी २२ वर्षिया एक महिलाले कलिलै उमेरमा ३ सन्तानको जन्म दिईसकेकी छन् । २२ वर्षको उमेरमै ३ सन्तान जन्माईएकी उनले परिवार नियोजनका अस्थाई साधान प्रयोग गर्न लागेको २ वर्ष भयो ।

उनले परिवार नियोजनको अस्थाई साधान डिपो प्रयोग गर्दै आएकी छन् । सन्तानको रहर पुरा भईसकेपछि उनले श्रीमानलाई स्थाई बन्ध्याकरण गर्न सुझाईन् तर श्रीमानले टेरेनन् । श्रीमान साथमै हुदा बच्चा गर्भमा बसीहाल्छ, दुईपटक सुरक्षित गर्भपन गर्नुपर्यो । उनी भन्छन्, न श्रीमानले बन्ध्याकरण गर्छन न मैले अस्थाई साधान प्रयोग गर्न छोड्छु, यो निरन्तर चलिहरन्छ ।

फेरी भन्छन्, “श्रीमानको चाहना अस्थाई साधान प्रयोग गरेरै गर्छ, श्रीमानले बध्याकरण गर्न मान्दैनन, छोराछोरकिो रहर पुरा भईसकेको छ, मैले मिनील्याप गरे घरका काम सबै मैले नै गर्दा काम गर्न सक्ने होईन कि भन्ने लाग्छ, श्रीमानले आगुऔषध सेवन गरेर दैनिक यौन क्रियाकलाप गरिहन्छन् ।” उनका दुई छोरी र एक छोरा छन्, उनका श्रीमानले अर्को छोरा जन्माउनको लागि परिवार नियोजनका अस्थाई प्रयोग गर्न बाध्य बनाएको उनको भनाई छ ।

हाम्रो समाजमा छोरा नै भविष्यको सहारा हो, छोरी अरुको घरमा जान्छ भनेर जन्मदैदेखि विभेद गरिएको हुन्छ । बाचुञ्जेल पालनपोष गर्ने र मरेपछि पनि छोराले मात्रै दागबत्ति दिने चलनले गर्दा छोरीहरुलाई दोस्रो दर्जाले हेरीन्छ । यहि कुमान्यताले मार्तडीकै अर्का एक जना महिलाले छोराकै आशमा ३ छोरी जन्माउनु पर्यो अन्तमा छोरा जन्मीए पछि मात्र सन्तानको ईच्छा पुरा भयो ।

उनले पनि बेला बेला परिवार नियोजनका साधान प्रयोग गर्नुपर्यो, छोराकै आशमा विचमा एक गर्भपतन पनि गर्नुपर्यो । उनी सुरुमै छोरा जन्मीए ५ सन्तानसम्म जन्माउने नै थिईन् । श्रीमान र उनको सहमति नै छोरा जन्मीने वित्तिकै स्थाई परिवार नियोजन गर्ने योजना पहिलै बनिसकेको थियो तर भएन ।

उनी भन्छन, “लगातार ३ छोरी भईन, त्यसपछि एक छोरा भयो वित्यो, फेरी छोरी नै जन्मीईन, बिचमा एक गर्भपन गर्नुपर्यो र अन्तमा छोराको जन्म भयो अनि पाँच वर्षपछि श्रीमानले बध्याकरण गरे अहिले सुःख पाएकी छु, छोरा नभए अहिले सम्म पनि गर्भ बोकीरहनु पर्ने थियो, परिवार नियोजनका साधान त प्रयोग गरे गरे, ६ महिनाको बच्चा हुने वित्तिकै अर्को बच्चा गर्भमा बसिहाल्थ्यो, यसलाई हिसां भन्ने हो भने त कति सहए कति ।”

पीसविन बाजुरा सुरक्षित गनर्भपन सेवा परियोजना संयोगक सरिता थापा पनि असुरक्षित अर्भपतनलाई रोक्न गाउँ गाउँ पुग्छन् र धेरै महिलालाई मनोपरामर्श दिन्छन् । समाजमा महिलालाई बुझ्दै जाँदा यौन हिसांको कारणले गर्दा अरु हिसां भईराखेको उनी भन्छन् । यौंन हिसांले मानसिक, शारिरीक, आर्थिक हिसांको रुप नै यौन हिसां हो थापा भन्छन् । थापा भन्छन्, “समयमा परिवार नियोजनका साधान गाउँमा नपाईने, सचेतना कम हुने, गर्भ निरोधकका साधान प्रयोग गरेपछि महिलाहरुलाई नखप्ने, विभिन्न शारीरीक परिवर्तन देखिने, विरामी भईरहने हुनाले महिलाहरु गर्भनिरोधकका साधानमा गर्भपतन नै रोज्छन र स्वास्थ्य जोखिममा पार्छन, यसले महिलामाथि हिसा भईरहेको छ ।”

छोरा पाउनकै १० जना छोरी भएपनि महिलाहरुले वर्षौको वर्ष सन्तान जन्माईराख्नुपर्छ । बच्चाको जन्मान्तरको विचमा परिवार नियोजनका साधान उनीहरुले प्रयोग गर्नुपर्छ । छोरा भएन भने अर्को, श्रीमानले अर्को श्रीमति ल्याए महिलाहरुले स्विकार गर्नुपर्छ यि यस्तै हिसांले महिलाहरुमाथि हिसांका घटना बढीरहेका छन् । हिसां प्रभावित महिलाहरुका सञ्चालित आवास गृहका मनोविमर्शकता सन्तोशी थापा पनि प्र्रभावितलाई मनोपरामर्श दिदै सबै घटनामा यौनहिसां जोडिएर घटना आउछन् । उनी भन्छन, “बाल विवाह, बहुविवाह, जजक त मुख्य यौन हिसाको रुप भयो नै, शारिरीक कुटपीट, मानसिक, शारीरीक यातना, सक्बन्ध विच्छेदका घटनाको मनोविमर्श गर्दा सबैमा अन्तमा यौनहिसां जाडिएर आउछ ।”

महिला माथि हुने शारिरीक, मानशिक, आर्थिक हिसांले उनीहरु प्रताडित छन् । यि हिसां सहनु भन्दा पहिले उनीहरुले हिसां यौंन हिसां सहनु परिराखेको हुन्छ । छोरा पाउने आश, अझ एकै छोराको भर नहुने भन्दै अर्को छोरा जन्माउने आशमा जति छोरी जन्मन्छन्, ईच्छा विपरित नै जन्माउनुपर्छ । सन्तान जन्माउने क्रममा बिचमा गर्भपतन गर्नेदेखि गर्भनिरोधकका अस्थाई साधान महिलाले नै गर्नुपर्छ । यो कुनै पनि महिलाहरुको रहर नभई बाध्यता हुन्छ । मनापरामर्श गर्दै जाँदा अन्तमा परियावार नियोजन पनि लैगिंक हिसां एक रुप नै भएको बताउछिन्, जिल्ला अस्पतालका सिनियर अनमी धनकला थापा ।

प्रजनन स्वास्थ्य सेवा लिने महिलाहरुलाई सेवा दिदै गर्दा श्रीमानको दवावमा अस्थाई साधान प्रयोग गर्नुपर्ने बाध्यता रहेको महिलाहरु धेरै आउछन्, रहरले केही महिला मात्र आउछन् सि. अनमी थापा भन्छन् । पुरुषले प्रयोग गर्ने कण्डम पनि महिलाले नै लिन आउने गरेको उनको भनाई छ ।

परिवार नियोजनका साधान अरुको करकापमा नभई आफ्नो ईच्छाले प्रयोग गर्न पाउने संविधानः अधिकार छ । कोरोना भाईरस कोभिडको बिचमा परिवार नियोजनका साधानका प्रयोग कर्ता बढेको जिल्ला स्वास्थ्य कार्यलयको तथ्यांकमा छ । परिवार नियोजनमा साधान प्रयोग कर्ता पुरुष भन्दा महिला नै बढी रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । सन्तानको रहर पुरा हुदाहुदै पनि महिलालाई अस्थाई साधान प्रयोग गर्न बाध्य बनाउदा महिलाहरुमाथि हिसां भईरहेको उनी पनि बताउछन् ।

धेरै जसो महिलाहरु श्रीमानकै दवावले विभिन्न गर्भनिरोधकका साधान प्रयोग गर्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यलयको तथ्याक अनुसारमा कोरोना भाईरस कोभिडको महामारीकै बेला १५ हजार ५ सय ४६ जनाले विभिन्न गर्भनिरोधका साधानको सेवा लिएका छन् । यसमा कण्डम प्रयोग गर्ने १६ सय १ बाहेक सबै महिलाहरु मात्र हुन् ।

परिवार नियोजनका साधानको प्रयोगले एक तिर महिलालाई श्रीमानको दवावले ईच्छा विपरित प्रयोग गरिराखेको हुदा हिसां सहनु परिरहनु परेको भने अर्कोतिर जनसंख्या बृद्धिमा असर पारेको छ । गर्भनिरोधका अस्थाई साधानले कहिलेकाही काम नगर्दा नचाहेर गर्भ बस्दा धेरै सन्तान जन्माउनु परिरहेको छ । यसो हुदा पनि जनसंख्या बृद्धि भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार