शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जिल्ला अस्पताल बाजुराको सेवाप्रति सेवाग्राही असन्तुष्ट

जिल्ला अस्पताल बाजुराको सेवाप्रति सेवाग्राही असन्तुष्ट

  • आइतवार, बैशाख ९, २०८१
जिल्ला अस्पताल बाजुराको सेवाप्रति सेवाग्राही असन्तुष्ट

बाजुरा–  जिल्ला अस्पताल बाजुराको सेवा प्रति नागरिकका गुनासै गुनासा रहेका छन । जिल्ला अस्पताल बाजुरामा उपचार सेवा भन्दा पनि राजनिती गर्ने थलोका रुपमा रहेको नागरिकले गुनासो गरेका छन । पछिल्लो समय भवन हेर्दा सुबिधा सम्पन्न देखीने भए पनि सामान्य बिरामीको उपचार समेत नहुने गरेको सेवाग्राहीले बताउने गरेका छन । पछिल्लो समय जिल्ला अस्पताल बाजुराबाट प्रदान गरिने सेवाबाट सेवाग्राही असन्तुष्ट देखीन्छन ।

बैसाख ४ गते पेट दुखेर जिल्ला अस्पताल पुगेकी बडिमालिका नगरपालिका ९ की किडी थापाको जिल्ला अस्पतालमा उपचार हुन नसकेर जिल्ला बाहिर रेफर गरियो । आर्थिक अवस्था कमजोर भएकोले बाहिर उपचार गर्न समस्या भएको उनका आफन्तले भन्दा भन्दै जिल्ला अस्पताल बाजुराले रेफर कागज थमाएर पठाइ दियो बिरामीका आफन्त सपना थापाले बताईन ।

दुई साता पहिले बडिमालिका नगरपालिका ७ ढम्कनेका प्रेम बहादुर रोकायाको ब्यहाेस भएर राती गाउँबाट ३ घण्टा बोकेर जिल्ला अस्पतालमा पुगाए । जिल्ला अस्पतालमा ८ जना डाक्टर कार्यरत छन भनेर दावी गर्ने जिल्ला अस्पतालको कुनै पनि डाक्टर चेकजाँच गर्न नै आएन । अहेवको साहारामा उपचार गरि फर्किएको रोकायाको गुनासो छ । अस्पातलको इमरजेन्सी कक्षमा १२ घण्टा सुते तर डाक्टर कोही पनि आएनन् रोकायाले भने । अहेवबाट हुने सेवा त गाउँमै थियो, जिल्लामा आएपछि बिशेशज्ञ सेवा हुन्छ भनेर आएको भए पनि सो सेवा नपाएको उनले बताए । प्रेम रोकाया जस्तै अस्पतालमा आउने सेवाग्राही बिषशेज्ञ डाक्टरको सेवा नपाएरै फर्किने गरेको गुनासो चौतर्फी छ । जिल्ला अस्पतालमा सेवा लिन गएका कुनै पनि सेवाग्राहीले राम्रो सेवा पाएको भन्दैनन गुनासो पोखेर फर्किने गरेका छन ।

जिल्ला अस्पताल बाजुराले शल्यक्रिया सहितको सुत्केरी सेवा दिदै आएको दावी गरेको भएपनि चैत्र महिनामा मात्रै ४ जना सुत्केरी र गर्भवती महिलाको उपचार गर्न नसकी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हवाई उद्धरा गरिएको छ जसमा दुई जनाको अप्रेसन गरेर सफल नभएपछि रेफर गरिएको थियो । पहिला अप्रेशन गर्ने र सफल नभएपछि रेफर गर्ने अस्पातलको दैनिकी बनेको नागरिकहरुको गुनासो छ । जिल्ला अस्पताल बाजुरामा पछिल्लो समय परिक्षण र रेफर केन्द्रका रुपमा रहेको र नागरिकको स्वास्थ्यमा खेलवाड हुदै आएको सामाजिक संजाल मार्फत गुनासो रहदै आएको छ ।

जिल्ला अस्पतालको भवन त राम्रै बनेछ तर रेफरल केन्द्रको उपमा बनेको छ नागरिक अगुवा निमेन्द्र शाहीले आफ्नो सामाजिक संजाल फेशबुकमा ब्याङ्यात्मक टिप्पणी समेत गरेका छन । पछिल्लो समय जिल्ला अस्पतालबाट अधिकांस सामान्य बिरामी समेतर रेफर हुने समस्या रहेको नागरिक अगुवा शाहीले टिप्पणी गरेका छन् ।

जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स सेवाप्रति पनि नागरिक असन्तुस्ट छन । एम्बुलेन्स पनि बिरामी भएको एक महिना पुगेको जिल्ला अस्पतालको श्रोतले जनाएको छ । कार्यलयका प्रमुख कर्मचारी र अस्पताल ब्यबस्थापन समितिले दिनानु दिन कार्यक्रता भर्ति गरे पनि एम्बुलेन्स बनाउन चासो भने नदिएको श्रोतको दावी छ ।

अस्पतालको एम्बुलेन्स बिग्रेको र बनाउन बजेट अभाव भएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताए । एम्बुलेन्स बनाउन एक लाख बढि लाग्ने सुचना अधिकारी गिरीले बडिमालिका खवरलाई बताएका छन । अस्पतालमा बजेट नभएकोले बनाउन नसकेको सुचना अधिकारी गिरीले स्विकार गरेका छन । जिल्ला अस्पताल बाजुराको ब्यबस्थापन दिनानु दिन अब्यबस्थीत बन्दै गएको सेवाग्राहीले बताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार