• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको अध्यक्षमा थापा, ओली र शाहीको चर्चा

नेकपा एमाले बाजुराको अध्यक्षमा थापा, ओली र शाहीको चर्चा

  • सोमवार, बैशाख ३१, २०८१
नेकपा एमाले बाजुराको अध्यक्षमा थापा, ओली र शाहीको चर्चा

बाजुरा —नेकपा एमाले बाजुराको आठौँ जिल्ला अधिवेशनबाट जिल्लाको नेतृत्व गर्न अध्यक्ष पदका लागी ३ जनाको चर्चा शुरु भएको छ । नेकपा एमाले बाजुराको अधिबेशन नजिकीए संगै अध्यक्षमा इच्छा जाहेर गर्ने ३ जना नेताहरु जिल्लाको नेतृत्वको दौडमा देखिएका छन् ।

नेकपा एमाले बर्तमान अध्यक्ष भरत थापा, एमाले बाजुराका नेताद्धय लाल बहादुर ओली र रंगमान शाही अध्यक्षमा आकाङ्क्क्षी देखिएका छन् । जेठ १ गतेदेखी सुरु हुने नेकपा एमाले जिल्ला कमिटि बाजुराको आठौँ अधिबेशन नजिकीए संगै बिभिन्न पदमा नेताहरु आकाङ्क्षी बढिरहेका देखीन्छन ।

अध्यक्षका दाबेदार तिनै जना अध्यक्षका लागी आ—आफ्नो प्रवल दाबी रहेको बताउदै आएका छन । आफ्नो नाममा सहमति गराउन अधिबेशन अगाडी देखी भित्री रुपमा ३ जना लागिपरेका देखीन्छन । सहमति नभए अध्यक्षको लागी निर्वाचन लड्न तयार हुने ३ जनाको एकै भनाई छ ।
तीन जनाले दाबी गरे पनि सहमतिमै नेतृत्व चयन गरिने नेकपा एमालेका शिर्ष नेताहरुले बताएका छन । दावी गर्न पाइन्छ नेतृत्वले भनेको सबैले स्विकार गर्छन र सहमतीमै अधिबेशन सम्पन्न गराउने बताउदै आएका छन ।

अध्यक्षका लागि एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा प्यानलका भरत थापा र केन्द्रीय सदस्य लाल बहादुर थापा प्यानलबाट लाल बहादुर ओली अध्यक्षका आकाङ्क्षी रहेको नेकपा एमालेका एक नेताले बताए । रंगमान शाही पनि स्वतन्त्र तरिकाले अध्यक्षमा उम्मेदवारी जाने की कुनै प्यानलमा समाबेश भए र जाने भन्ने बिषयमा अहिले भन्न नसकिने अबस्था छन । शाहीले आफु सबैको साझा उम्मेदवार रहेको दावी गरिरहेका छन् ।

नेकपा एमाले जिल्ला कमिट बाजुराको आठौँ जिल्ला अधिवेशनमा बाजुराका ९ वटै स्थानिय तहबाट ४ सय ४२ बढी अधिबेशन प्रतिनिधिको सहभागिता रहने छ ।

चर्चामा

सम्बन्धित समाचार