• होमपेज
  • समाचार
  • क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउन सक्ने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउन सक्ने

  • बुधबार, जेष्ठ २, २०८१
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउन सक्ने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज पनि बहस हुँदैछ ।

मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा परेको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदन तथा जिल्ला अदालतले लामिछानेलाई कम सजाय दिएको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दिएको निवेदनलाई एकैसाथ राखेर बहस भइरहेको हो ।

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेपछि क्रिकेटर लामिछाने गत फागुन १० गने उच्च अदालत गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार