शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका शिक्षकहरुलाई यौनिकता शिक्षा

बाजुराका शिक्षकहरुलाई यौनिकता शिक्षा

  • मङ्लबार, फाल्गुन २९, २०८०
बाजुराका शिक्षकहरुलाई यौनिकता शिक्षा

बाजुरा– बाजुरामा  १० विद्यालयका शिक्षकहरुलाई यौनिकता तालिमको आयोजना गरिएको छ । बाजुरा जिल्लाका ४ पालिकाका १० बिध्यालयका प्रतिनिधि शिक्षकलाई यौनिकता सम्बन्धी तालिम दिन थालिएको हो । सदरमुकाम मार्तडीमा जिल्लाका बिभिन्न स्थानिय तहका शिक्षक तथा शिक्षिकाहरुलाई यौनिकता सम्बन्धी तालिमको आयोजना गरिएको यूएनएफपीएले जनाएको छ । नेपाल सरकार, नर्वेयिन एम्बेसी, युएनएफपिए र नेपाल परिवार नियोजन संघको समन्वय तथा सहकार्यमा सो तालिमको आयोजना गरेको नेपाल परिवार नियोजन संघले जनाएको छ ।
यौनिकता शिक्षालाई हाम्रो समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गरी सो शिक्षालाई अहिलेका किशोरकिशोरी तथा बालिबालिकालाई विद्यालय शिक्षा मार्फत परिवर्तन गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको सघंले जनाएको छ । नेपाल परिवार नियोजन संघको सहयोगमा यूएनएफपिएको परियोजना सञ्चालन भएको क्षेत्रमा यौनिकता शिक्षा प्रदान गर्नका लागि बिध्यालयका शिक्षक र शिक्षिकाहरुलाइ तालिम दिएको जनाएको छ । यौनिकता शिक्षा भनेको मानव यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्ष रहेकोले सो शिक्षा बिध्यालयका शिक्षकहरुबाट सम्भव हुने भन्दै शिक्षकलाई पाँच दिन सम्म योनिकताको बिषयमा प्रशिक्षण गरिने आयोजकले जनाएको छ ।

यौनिकताले मानिसको मूल्य तथा मान्यता, यौनसँग प्रत्यक्ष सम्बन्ध भएका बृहत अर्थ, यसप्रतिको बुझाइ तथा प्रयोग र नियन्त्रण वा सीमालाई बुझाउँने हुदा शिक्षकहरुबाट यो सम्भव हुने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए । यस बिषयमा पालिकाबाट पनि चासोको रुपमा हेरिएको हुदा तालिममा सहभागी शिक्षकले तालिम लिएर गाउँ टोल र समाजमा यस बिषयमा जानकारी गराउन नगर प्रमुख खड्काले अनुरोध गरेका छन । यही शिक्षा अभावकै कारण समाजमा बालविवाह बढि रहेको बालविवाह हुनुका कारण अशिक्षा, चेतनाको कमी, गरिवि जस्ता धेरै कारण भने पनि मुख्य यौन तथा प्रजनन स्वास्थ्यको शिक्षा  शिक्षकहरुले यसमा कटिबद्ध भएर लाग्नुपर्ने नगर प्रमुख खड्काले बताए ।

सामाजिक दृष्टिकोण परिवर्तनका लागि विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरी समाजलाई यसबारे सशुचित गर्ने उद्देश्यले सो तालिम प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । स्वामिकार्तिक प्लाजामा संचालन भएको तालिम पाँच दिनसम्म संचालन हुने भएको छ । विभिन्न दातृ निकायको सहयोगमा युएनएफपिएले बाजुराको शिक्षा स्वास्थ्य, लैङ्गिक समानता लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

परिवार नियोजन संघका कार्यक्रम संयोजक प्रविण खड्काको अध्यक्षतामा संचालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । रेनु यादवले स्वागत तथा कार्यक्रमको उदेस्यबारे जानकारी गराएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई बाजुराका निमित्त कार्यालय प्रमुख लाल बहादुर बिष्ट यूएनएफपिए बाजुराका प्रतिनिधी देबेन्द्र शाहले मन्तब्य राखेका थिए । तालिममा बडिमालिका नगरपालिका, बुढिगंगा नगरपालिका, बुढिनन्दा नगरपालिका र गौमुल गाउँपालिकाका १० ओटा बिध्यालयका शिक्षक शिक्षिकाको उपस्थिती रहेको छ । तालिम ५ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार